arrow

आदवासी जनजाती महासंघको आह्वानमा सोमबार गण्डकी प्रदेश बन्द

logo
प्रकाशित २०७५ असार २४ आइतबार
pradesh-4_(2).jpg

पोखरा। प्रदेश ४ को संसदले त्यस प्रदेशलाई गण्डकी नामाकरण गरेको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेश बन्दको आह्वान गरेको छ। आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दमा नेपाल आदिवासी जनजाती संघ प्रदेश ४को संघले ऐक्यवद्धता जनाएको छ। 

संघका प्रदेश ४ संयोजक जीतबहादुर गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा बन्द सफल बनाउन जनजाति समुदायलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

विज्ञप्तिमा प्रदेश नं ४ को प्रदेश सभाले प्रदेशको नामांकन ‘गण्डकी’ राखेकोमा असहमति जनाउँदै तमुवान मगराँतको ऐतिहासिक सभ्यता र पहिचान मेटाउन खोजेको आरोप लगाइएको छ। 

पहिचान र अधिकारका मुद्धा सम्बोधन नहुँदासम्म तमुवान मगराँत संघर्ष समितिको सबै प्रकारका आन्दोलनमा सहभागी हुने भन्दै लोकतान्त्रिक संविधान आदिवासी जनजातिले प्राप्त गर्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

विज्ञप्तिमा प्रदेश सरकारले नागरिक नागरिकबीचमा बेमेल ल्याई मुडभेडमा लैजान खोजेको आरोप लगाइएको छ। संघका संयोजक गुरुङद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा प्रदेश नं ४ का स्थानियले पूर्ण सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ