arrow

सारङ्गी रेटेर....

logo
प्रकाशित २०७५ असार २५ सोमबार
sarangi.jpg

पोखरा । नेपाली लोक गित तथा संगितमा चर्चित गीतहरु सोहवर्षे उमेरैमा....,आहा कलिलो तामालाई....,राम्दी पुल........ जस्ता गीतका सर्जक, लोक स्रष्टा कल्याण शेरचनको स्मृतिमा राष्ट्रिय लोक बाजा सारङ्गी उत्सव हुने भएको छ । साँस्कृतिक संस्थान काठमाडौ र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा  कल्याण शेरचनको ७२ औं जन्मजयन्तिको अवसरमा उत्सव हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आउँदो साउन ११ र १२ गते हुने उत्सवमा देशका सात वटै प्रदेशबाट २० जनाको सहभागीता रहने पोखराका संयोजक जीवन दाहालले जानकारी दिएका छन् । 

संयोजक दाहालका अनुसार प्रदेश न १ बाट २ जना, २ बाट २ जना, ३ बाट ५ जना, गण्डकी प्रदेशबाट ५ जना तथा ५, कर्णाली प्रदेश र ७ बाट २–२ जनाको सहभागीता रहने संयोजक दाहालले जानकारी दिएका छन् । 

साउनको ११ गते सारङ्गिको बारेमा कार्यपत्र प्रस्तुत गरिने र १२ गते एक समारोहका बिचमा गित गाएर सारङ्गी बजाउने प्रतियोगिता सहभागी हुनेछ ।

दाहालका अनुसार विभिन्न प्रदेशबाट सहभागीता जनाउनेको सबै खर्च आयोजकले नै ब्यहोर्ने छ । साथमा सहभागीलाई प्रोत्साहन स्वरुप नगद पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सारङ्गी लोपोन्मुख बाजा भएकाले उक्त कार्यक्रमले सारङ्गिको बारेमा थप केही योगदान पुराउनुका साथै नयाँ पुस्तालाई सारङ्गीको बारेमा सिक्न अवसर मिल्ने आयोजकले जनाएको छ ।उक्त पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष प्रतीक गौचनलाई रामबजार युके र आफ्नो तर्फबाट प्रतिष्ठानका सल्लाहकार महेश गुरुङले चेक हस्तान्तरण गरेका थिए ।

उत्सवमा कलाकार धनबहादुर गायकको संयोजकत्वमा गठित ब्यक्तित्व छनोट उपसमितिको सिफारिसमा वरिष्ठ सारङ्गी वादक,लोक गायक,रेडियो नेपालबाट अवकाश प्राप्त,बाटो छ भिरालो,जिरा मरिचा र रेलको ढोका बन्द जस्ता चर्चित गितका सर्जक एवम गायक कृष्णबहादुर गन्धर्वलाई २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिने प्रतिष्ठानका सचिव श्रीजङ्ग गुरुङले जानकारी दिएका छन् ।साँस्कृतिक संस्थान काठमाडौसगको सहकार्यमा राष्ट्रिय नाचघर काठमाडौमा हुन लागेको उक्त कार्यक्रमलाई सफल पार्न साँस्कृतिक संस्थानका वरिष्ठ कलाकार कृष्ण गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने कार्यक्रमलाई रोचक पार्न हिमाली साँस्कृतिक परिवारले कल्याण शेरचनको गितमा नृत्य प्रस्तुत गरिने छ ।

हालसम्म प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अगालेका विधाहरु लोक संस्कृती,शिक्षा र खेलकुदको क्षेत्रमा योगदान पुराएका नृत्य प्रशिक्षक भैरवबहादुर थापा,फुटबल प्रशिक्षक डम्बरबहादुर गुरुङ,शिक्षाविद वलविर सिह नेगि,संगितकार प्रकाश गुरुङ र खेलाडी एवम प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान तथा अभिनन्दन गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ