- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गरेको छ । बन्दका कारण सर्वसाधारणलाई कठिनाइ परेको छ । बन्दका कारण सार्वजनीक यातायात संचालन हुन सकेका छैनन् भने मुख्य बजारका पसलहरु पनि बन्द छन् ।
प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातिय संघ संस्थाहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई नयाँशक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।
वन्दका कारण शैक्षिक संस्था बन्द छन् । निजी गाडी, मोटरसाइकल केहीमात्रामा सञ्चाालनमा आएका छन् । बिहानदेखि नै पोखरामा अविरल वर्षा भएका कारण मानिसहरु र बन्द कर्ता खासै सडकमा देखिएका छैनन् ।