arrow

जानकी मन्दिर र एनआरएनबीच १२ बुँदे समझदारी

logo
प्रकाशित २०७५ असार २५ सोमबार
nrna-janaki.jpg

काठमाडौं । जानकी मन्दिर परिसर सुधार्ने विषयमा प्रदेश नम्बर २ सरकार र गैरआवासिय नेपाली संघ (एनआरएन) बिच १२ बुँदे समझदारी भएको छ । सोमबार भएको उक्त समझादारी अनुसार गैरआवासीय नेपाली संघले आफ्नै साधन र स्रोतले जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश जडान गरिने भएको छ ।

सोका लागि संघले एक विस्तृत योजना तयार गरी गुठीलाई प्रस्तुत गर्ने र आन्तरिक छलफल पश्चात् संघले सो योजना कार्यान्वयन गर्ने भएको छ। ‘संघले जडान गर्ने उपरोक्त अनुसारको प्रकाश व्यवस्थापनको काम आफै वा कुनै तेस्रो पक्षको सहयोगबाट गर्न गराउन यो समझदारीले बाधा पार्ने छैन ।’ समझदारी पत्रको बुँदा नम्बर तीनमा भनिएको छ ।

त्यस्तै प्रकाश व्यवस्थापनको काम गर्दा  वा गराउँदा मन्दिर परिसरको नियमित क्रियाकलापमा बाधा नपर्ने गरी गर्ने लगायतका १२ बुँदामा समझदारी भएको छ । त्यस्तै प्रकाश व्यवस्थापनको कामका लागि सम्बन्धित निकायबाट कुनै स्वीकृतिलिनु पर्ने भएमा त्यसको जिम्मेवारी समेत गुठीले लिने सहमति भएको छ ।

त्यस्तै जानकी मन्दिर परिसरलाई विद्युतियकरण गर्दा मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरिने त्यसमा लाग्ने तार, उपकरण, बत्ति आदिको जडान लगायतको सबै खर्च गैर आवसिय नेपाली संघले व्यहोर्ने छ। सहमति प्रदेश नं. २ को मुख्य मन्त्री लालबाबु राउत र गैरआवासीय नेपाली संघ का अध्यक्ष उपेन्द्र महतो उपस्थितिमा गरिएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ