arrow

मिथुन चक्रवर्तीका छोराको बिहे, यसकारण चर्चामा 

logo
प्रकाशित २०७५ असार २७ बुधबार
mimoha-madalasha.jpeg

काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोहको दक्षिण भारतकी नायिका मदालसासंग भएको छ। 

बलात्कार केस सार्वजनिक भएपछि उनीहरुको बिहे एक पटक रोकिएको थियो । बलात्कार भएको भन्ने पीडितले उच्च अदालतमा उजुरी दर्ता गराएकी छिन् । 

मिमोह र मदालसाबीच तीन वर्षसम्म डेट चलेको थियो । सोमबार राति तय गरी मंगलबार नै उनीहरुको बिहे भएको मिमोहकी वकिल प्रियंका कृपाशंकरले बताएकी छिन् । 

उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भएको हो । उता बलात्कार भएको भनिएकी पीडितले आत्महत्या गर्ने सम्भावना बढेको पीडित महिलाकी वकिल निरज गुप्ताले भनेका छन् । उनले पीडितले न्याय नपाएकाले आत्महत्या गर्ने हुन् कि भन्ने खतरा बढेको बताएका हुन् । 

उनले भने, ‘मिमोहको परिवार शक्तिशाली छ, कसरी उनलाई जमानत मिल्यो ?’ पहिले बिहे गर्छु भनेर यौन सम्पर्क राखेको र बिहे नगर्ने भएपछि बलात्कार गरेको आरोपमा मुद्धा दायर गरिएको बुझिएको छ । 

बलात्कार भएको भए किन तुरुन्तै निवेदन दर्ता भएन भनी मिमोहको पक्ष दह्रो तरिकाले उत्रिएको छ । यसअघि मिमोह र मदालसाबीच गत जुलाई ७ तारिखमा बिहे गर्ने मिति तय भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ