arrow

के हुदैछ आज अखिलको महाधिवेशनमा ?

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
akhil-conventation.jpg.jpeg

काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु हुँदै छ । भृकुटीमण्डमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो ।

यही माघ २७ गतेदेखि २९ गतेसम्म सम्मेलनको पुर्व निर्धारित कार्यक्रम भएपनि अब माघ २८ गतेदेखि फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार स् सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा अध्यक्षमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षको प्रतिस्पर्धी छन् ।

महाधिवेशनमा संस्थापन पक्षबाट नवीना लामा र माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षले पार्टी स्थायी समिति सदस्य तथा अखिलका पूर्वअध्यक्ष शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बुधबार औपचारिक कार्यक्रम गरी लामासहित पदाधिकारीको उम्मेदवारी घोषणा गरेको छ । यो समूहबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महरको नाम घोषणा गरिएको छ । संस्थापन पक्षले अध्यक्षका दाबेदार रहेका महरलाई महासचिवमा अघि सारेर बलियो र सशक्त टिम सार्वजनिक गरेको दाबी गरेको छ ।

उता, वरिष्ठ नेता नेपालनिकट गौतम समूहबाट उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुलहुसेन खाँको उम्मेदवारी टुंगो लागेको छ । सम्मेलनमा भागलिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइपुगेको प्रवक्ता लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ