arrow

हुवावेको नोभा ३ सार्वजनिक, यस्ता छन् विशेषता 

logo
प्रकाशित २०७५ असार २७ बुधबार
huawei.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले आफ्नो नोभा सेरिजको नयाँ उत्पादन नोभा ३ सार्वजनिक गरेको छ । चीनमा आयोजना गरिएको एक कार्यक्रममा कम्पनीले यो उत्पादन सार्वजनिक गरेको हो । कालो, निलो, सुनौलो र बैजनी रङ्गमा उपलब्ध हुने गरी कम्पनीले उक्त स्मार्टफोनहरु सार्वजनिक गरेको हो । 

अहिले सार्वजनिक गरिएको यो उत्पादनको बिक्री जुलाई २० देखि सुरु हुने बताइएको छ । हुवावेको नयाँ उत्पादनमा ६.३ इन्चको डिस्प्ले रहनेछ भने २३४०×१०८० को रेजुलेसन रहने बताइएको छ । यो उत्पादनमा कम्पनीको आफ्नै अक्टो कोर ९७० प्रोसेसरको प्रयोग गरिएको छ भने यसले ८.१ आरेओ अपरेटिङ सिस्टमका साथमा काम गर्नेछ । 

६ जीबी र्‍याम रहने स्मार्टफोनमा ६४ जीबी र १२८ जीबीको इन्टर्नल स्पेसको दुई विकल्प रहेको छ । यसमा दुईसय ५६ जीबीसम्मको माइक्रोएसडी कार्डको प्रयोग गर्न सकिन्छ । 

ड्युल रेयर क्यामेरा रहेको स्मार्टफोनमा १६ र २४ मेगापिक्सलका दुई क्यामेराहरु रहनेछन् भनेृ २४ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । फिंगरप्रिन्ट प्रविधिको पनि प्रयोग गरिएको यो स्मार्टफोनमा ३७५० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ४जी, ३जी, वाईफाई, जीपीएस र यूएसबीलगायतका सुविधाहरु रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ