arrow

अम्रिसोले राम्रो भाउ पाएपछि पूर्वी पहाडि जिल्ला कृषकहरु उत्साहित

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ माघ २८ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। गत वर्षको तुलनामा यस वर्ष अम्रिसोले दोब्बर मूल्य पाएपछि पूर्वी पहाडि जिल्लाका कृषकहरु उत्साहित भएका छन्। गत वर्ष एउटा कुचोलाई हुने अम्रिसो ३५ देखि ४० रुपैया सम्ममा विक्री गरेका कृषकले अहिले सिजनको सुरुवातमै ७० देखि ८० रुपैया सम्म भाउ पाएपछि कृषकहरु उत्साहित भएका हुन्।
 
पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम लगायतका कृषकहरुले ब्यवसायिक रुपमै अम्रिसो उत्पादन गर्ने गर्दछन्। अहिले ब्यापारीहरु घरघरमै आएर अम्रिसो लैजाने गर्न थालेको कृषकहरु वताउँछन्।
 
यी जिल्लामा उत्पादन भएको अम्रिसो झापाको धुलावारी हुँदै कुचो बनाउन भारत निर्यात हुने गरेको छ। अम्रिसोबाट राम्रो आम्दानी हुने भएपछि अहिले अधिकांश कृषकले खेत तथा वारीको डिल, पाखामा ब्यवसायिक रुपमै अम्रिसो लगाउने गर्दछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ