arrow

सुशील दा कसरी भए तोते ?

सुशील दा को जिव्रोको कहानी

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
SUSHIL-KOIRALA_201104180955001.jpg.jpeg
काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोईराला झण्डै दश बर्ष अगाडी सम्म स्पष्ट बोल्थे । त्यतिवेला अग्रपङतिमा नभएकाले धेरैले ख्याल गरेका थिएनन् । जव उनी अग्रपङ्तीमा आए, त्यतिवेला उनी तोते भईसकेका थिए। त्यसैले अधिकाँशले यिनलाई तोते भएपछि मात्रै चिने। यिनी पहिले देखि नै तोते भने होईनन् । कोईराला २०६३ सालपछि मात्रै तोते भएका हुन्। 
 
त्यतीवेला नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्थे। उनलाई भेट्न नेता सुशील बुद्धनगर (उनी बस्दै आएको उनका भाञ्जा रमेश भण्डारीको घर) बाट ट्याक्सीमा बालुवाटार तर्फ जादै गर्दा गैरीधारामा नेपाली सेनाको जिप र उनी आउदै गरेको ट्याक्सी एक आपसमा ठक्कर खाए, ट्याक्सी लड्यो, तर सौभाग्य कसैलाई केही भएन। 
 
ट्याक्सीमा बालुवाटार तर्फ जादै गर्दा गैरीधारामा नेपाली सेनाको जिप र उनी आउदै गरेको ट्याक्सी एक आपसमा ठक्कर खाए, ट्याक्सी लड्यो
 
त्यसपछि उनी आफै उठेर अलीअली धुलो टक्टक्याएर बालुवाटार पुगे। उनले ट्याक्सी ठक्कर खाएर आफु लडेको कुरा आफैले त कसैलाई सुनाएनन्, तर कपडामा धुलो देखेपछि अरुले जिज्ञासा राखे। अनि बाध्यतावश भने “सामान्य दुर्घटना भएको मलाई केही भएको छैन।”
 
त्यती भनिसक्दा कुराकानी भईरहेको ठाउमा नेपाली काँग्रेसका तत्कालिन मुख्यसचिव बसन्त गौतमले उनलाई नजिकै गएर हेरे। अनि गौतमले एक्लै निर्णय लिए एक पटक डाक्टरसंग चेक गराउनै पर्छ। गौतमले कोईरालालाई चेक गराउन जाउ भन्दा उनले मान्दै मानेनन्। सवैको सल्लाह र दवावमा गौतमले उनलाई त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याई छाडे। 
 
जव चिकित्सकले शरिरका पुरै भाग जाँच गरे, तव त्यो दिनको दुर्घटनाका कारणले कुनै चोटपटक लागेको त भेट्टाएनन, तर त्यो भन्दा डरलाग्दो रोग भेटियो उनको जिव्रोमा। त्यो हो क्यान्सर। त्यही बेला पहिलो पटक थाहा भएको हो उनको जिव्रोमा क्यान्सर छ भनेर। त्यसपछि चिकित्सकहरुकै परामर्शमा उनलाई जिव्रोको क्यान्सरको उपचारका लागि अमेरिका लैजाने निर्णय भयो। 
 
आफ्नो स्वास्थ्य र ज्यानको समेत पर्वाह नगर्ने कोईरालाको उपचारको संपुर्ण खर्च सरकारले वेहोर्ने निर्णय भयो। तत्कालिन मन्त्रीपरिषदमा विज्ञान तथा प्रविधि मन्त्री रहेका मानवहादुर विश्वकर्माले उहाँका लागि आवश्यक संपुर्ण उपचार खर्च सरकारले वेहोर्ने निर्णय त्यतिवेला नै भएको बताए। 
 
सरकारको सहयोगमा अमेरिकामा उपचारका लागि गएका कोईराला अपुरो जिव्रो लिएर स्वदेश फर्किए। उनको जिव्रोको क्यान्सर भएको भाग सवै काटेर फाल्नु पर्ने चिकित्सकहरुको सुझाव वमोजिम जिव्रोको दाँया तर्फको केही भाग काटेर फालिएको हो। हो त्यही बेला अर्थात २०६३ साल देखि मात्रै उनी स्पष्ट उच्चारण गर्न नसक्ने (तोते) भएका हुन्। अपुरो जिव्रो भएकाले सुरु सुरुमा उच्चारणमा निकै समस्या भएपनि पछि पछि भने उनले उच्चारणमा धेरै सुधार गरेका थिए। पहिला पहिला पटक्कै नवुझीने उनको बोली पछिल्लो समयमा भने धेरै बुझिने भईसकेको थियो। बोली बुझिने हुदै जाँदा अव कहिल्यै नवोल्नेगरी २०७२ साल माघ २६ गते सदाका लागि विदा भए।
 
बोली बुझिने हुदै जाँदा अव कहिल्यै नवोल्नेगरी २०७२ साल माघ २६ गते सदाका लागि विदा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ