काठमाडौं । बलिउड अभिनेत्री एवं पूर्व विश्व सुन्दरी ऐश्वर्या राय सुपर–मम स्टार कहलिन्छिन् । उनी र उनकी छोरी आराध्यालाई सबैभन्दा बढी मनाउने गरिन्छ। र यो आमाछोरीको लागि उदाहरण पनि हो ।
ऐश्वर्या आफ्नी छोरीको विशेष ख्याल राख्छिन्। अभिनेत्रीहरु आफ्ना बच्चालाई सकभर नजिक राख्न खोज्दैनन् ।
तर ऐश्वर्या जतिबेला पनि आराध्यालाई संगसंगै राख्न खोज्छिन् । उनले इन्स्टाग्राममार्फत आराध्यासंगको खुशीको फोटो सेयर गरेकी छिन् ।
यो तस्वीरलाई अहिले सबैभन्दा बढी रुचाइएको छ ।
कान्स फिल्म फेस्टिवलका बेलामा पनि ऐश्वर्या र आराध्याको तस्वीर आएको थियो । त्यो तस्वीर निकै ट्रोल भएको थियो ।