arrow

कसरी हटाउने स्मार्टफोनको लत

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
smartphone.jpg

काठमाडौं । पछिल्लो समय स्मार्टफोनको बजार विस्तारको क्रममा रहेको छ । जसको कारण अब स्मार्टफोन नबोक्ने मानिसहरु निकै कम मात्र भेटिन्छन् । यस्तोमा केही मानिसहरुलाई भने स्मार्टफोनको अत्यधिक नशा लाग्ने गर्छ । कुनै पनि समयमा स्मार्टफोन नचलाई बस्न नसक्ने लत केही मानिसहरुलाई हुन्छ । यसले गर्दा आफ्नो दैनिक जीवनमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ भने आफ्नो महत्वपूर्ण योजनामा पनि समस्या आइरहेको हुन्छ ।

मानिसको ध्यान केन्द्रित गर्नका लागि स्मार्टफोनमा रहेका एपहरु नै मुख्य कारक हुन् । यस्तोमा आफ्नो ध्यान स्मार्टफोनबाट हटाउनका लागि निम्न उपायहरु निकै महत्वपूर्ण साबित हुनसक्छन् – 

१. नोर्टिफिकेसनलाई नियन्त्रणमा राख्नु 

आईफोन तथा सामसुङका उत्पादनहरुमा कुनै पनि एपको नोर्टिफिकेसनहरु मोबाइल नचलाउँदा नै बज्ने हुन्छ । यसले मानिसहरुको ध्यान स्मार्टफोनमा आकर्षित गर्छ । त्यसैले त्यस्ता एपहरुमा रहेको नोर्टिफिकेसनहरु बन्द गर्ने बानी गर्नुपर्छ । यसले स्मार्टफोनमा त्यति धेरै ध्यान जाँदैन । 

२. बेलाबेलामा विश्राम लिनु 

मोबाइल चलाउँदा चलाउँदै केही समयमा मोबाइलबाट विश्राम लिने बानीको विकास गर्नुपर्छ । खाना खाने समय होस् वा अन्य कुनै काम गरिरहेको समयमा मोबाइल चलाउने बानी बन्द गनुपर्छ । यसले सही तरिकाले स्मार्टफोन चलाउनका लागि सहयोग पुग्छ । साथै स्वचालितरुपमा मानिसको मस्तिष्कलाई सन्तुलित अवस्थामा राख्न सहयोग पुर्‍याउँछ । 

३. तालिका बनाउनु 

स्मार्टफोन चलाउनुभन्दा स्मार्टफोन चलाउनका लागि तालिका बनाउनु राम्रो हुन्छ । तालिका बनाएर स्मार्टफोनको प्रयोग गर्ने बानीले ठिक समयमा सही प्रयोजनका लागि मात्र स्मार्टफोनको प्रयोग हुन्छ । एकपटकको आफ्नो सबै खाताहरु हेरिसकेपछि निश्चित समयपछि मात्र पुनः उक्त खाताहरुको भ्रमण गर्ने गर्नुपर्छ । 

४. अटो प्ले सिस्टम अफ गर्नु 

कुनै पनि भिडियो हेर्दा सधैं अटो प्ले को अप्सन बन्द गर्नुपर्छ । अन्यथा स्मार्टफोन चलाइरहेको समयमा कति समय गयो भन्ने कुरा थाहा पाउन सकिँदैन र लामो समयसम्म पनि स्मार्टफोन चलाइरहने लत बस्छ । 

५. अलार्मको प्रयोग 

निश्चित समयसम्म मात्र स्मार्टफोनको प्रयोगका लागि अलार्मको प्रयोग पनि गर्न सकिन्छ । यसो गर्ने बानीको विकासले आफ्नो खाली समयमा मात्र स्मार्टफोन चलाउने बानीको विकास हुन्छ । कहिलेकाँही स्मार्टफो चलाउँदा चलाउँदै निदाउने समस्या पनि हुनसक्छ । अलार्मको बानीले निदाउनुभन्दा पहिला नै स्मार्टफोन बन्द गर्नको लागि पनि सहयोग पुर्‍याउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ