arrow

बार्सिलोना ‘कोपा डेल रे’को फाइनलमा, मेसी, सुआरेज र नेमार मैदान उत्रेनन्

प्रशिक्षक लुइस एन्ड्रिकले पेप ग्वार्डिवलाको कीर्तिमान तोडे

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
barsha.jpg.jpeg

एजेन्सी । स्पेनिश क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ८–१ को जित निकाल्दै फाइनलमा पुगेको हो । बार्साको घरेलु मैदान नउ क्याम्पमा भएको पहिलो लेगमा भ्यालेन्सिया ७–० ले स्तब्ध भएको थियो । अवे खेलमा भने बार्सिलोना बराबरीमा रोकियो । घरेलु मैदानमा अलवारो नेगरेडोलले ३९औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए ।  

पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ८४औं मिनेटमा विल्फ्रेड क्यापटुमले जवाफी गोल फर्काए । अवे दोस्रो लेगमा बार्साका मूख्य फरवार्ड लियोनल मेसी, फरवार्डद्वय लुइस सुआरेज र नेमार मैदान उत्रिएनन् । पहिलो लेगमा सुआरेजले ४ गोल गर्दा मेसीले ह्याट्रिक गरेका थिए । सोही आक्रमण बार्साको विजय सिद्ध भयो ।

यो खेलसँगै लुइस इन्ड्रिकको बार्सिलोना प्रशिक्षकका रुपमा नियमित २९औं अपराजित यात्रा हो । लुइसले यस अघि पेप ग्वार्डिवलाले बार्सिलोनालाई लगातार २८ खेलमा अपराजित राखेर बनाएको कीर्तिमान तोडेका छन् । ग्वार्डिवला भरखरै मात्र इङ्गलिश क्लब म्यान्चेस्टर सिटीको आगामी सिजनका लागि प्रशिक्षण सम्हाल्ने गरी अनुबन्ध भएका छन् । उनी तीन वर्ष प्रशिक्षण सम्हाल्नेछन् । उनी म्यान्चेस्टर आएपछि बार्साका खेलाडी म्यान्चेस्टर ओइरीने आँकलन भएकामा अब एन्ड्रिकले खेलाडी फुत्कन नदिने भएका छन् ।

स्पेनिश क्लब फुटबल इतिहासमा पनि कुनै पनि क्लब यति धेरै पटक सम्म अपराजित रहेको यो नै पहिलो रेकर्ड हो । कोपा डेल रेको फाइनलमा बार्सिलोनाको भिडन्त सेल्टा डे भिगो र सेभियाबीचको खेल विजेतासंग हुने छ । यी दुईबीचको दोस्रो लेग विहिबार राति हुँदैछ । जसले फाइनल भिडन्तको टुंगो लाग्ने छ । पहिलो लेगमा ४–० ले विजयी भएको सेभियाले सेल्टा भिगोसंग दोस्रो लेग खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ