arrow

भानुभक्तको २०५ औं जन्मजयन्ती 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
BHANUBHAKTA-ACHARYA.jpg.jpeg

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रामायणलाई नेपालीमा भावानुवाद गरेका राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । 

उनका बधुशिक्षा, प्रश्नोत्तर, भक्तिमाला, रामगीता लगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरिन्छ ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । 

पिता धनञ्जय र माता धर्मावती देवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनुका साथै घाँस घाटेर पाटी पौवा बनाउने घाँसीको इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे । 

यही कविताले धनी भएर पनि केही गर्न सकिएन भने त्यो मरेतुल्य हुन्छ भनी यो कविताले देखाउन खोजेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ