arrow

१५० किलोको ज्यान बनाउँदै बाहुवली हिराे

उनी हाल दैनिक ५० अण्डा, आधा किलो चिकन, ब्राउन राइस, सलाद र फल खान्छन्

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
prabhas-bahubali.jpg.jpeg
मुम्बई । सन् २०१५ को ब्लकब्लष्टर फिल्म ‘बाहुवली’को सिक्वेल ‘बाहुबली २’लाई आम दर्शकले प्रतिक्षा गरिरहेका छन् । यो सिक्वेलमा कटप्पाले बाहुबलीलाई किन मा¥यो भन्ने रहस्य खुल्नेछ । फिल्मको सिक्वेलका लागि अभिनेता प्रभासले जुन काम गर्न गईरहेका छन्, त्यो काम अहिलेसम्म कुनै पनि भारतीय अभिनेताले गर्न नसकेको  भारतीय मिडियाले जनाएका छन् ।

फिल्मका लागि प्रभासले शरीरको वजन १५० किलो बनाउँदैछन्, जुन वजन हालसम्म बलिउड फिल्ममा कसैले पनि गर्न सकेका छैनन् । सिक्वेलका लागि अहिले प्रभासले आफ्नो वजन १ सय ३० किलो पु¥याएका छन् र थप ३० किलो बढाउन व्यस्त छन् ।
हाल प्रभात सँग दुई ट्रेनर र एक डाइटीसियन छन् । जो हरेक समय उनीसँगै हुन्छन् ।

प्रभास दैनिक पाँच घण्टा जिममा बिताउँछन् । वजन बढाउनका लागि उनी आफ्नो डाइट प्लान पनि बनाएका छन् । उनी दैनिक ५० अण्डा, आधा किलो चिकन, ब्राउन राइस, सलाद र फल खान्छन् । ‘पहिलो भागमा मेरो ९५ किलोको वजन थियो, मैले यसलाई मेन्टेन राख्नुपर्ने हुन्छ र मस्क्युलर देखाउनुपर्नेछ ।’ उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ