arrow

यू–१९ विश्वकप : नेपाललाई नामिवियाको २ सय २६ रनको चुनौती

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
nepal-Vs-namibia.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सातौं स्थानका लागि नामिवियासंग खेलिरहेको छ । खान शाहेब ओस्मान अली स्टेडियम फतुल्लाहमा जारी प्ले अफमा नामिवियाले नेपाल सामु  २ सय २६ रनको चुनौती पेश गरेको छ । मौसममा खराबि आएपछि ढिलो गरी सुरु भएको खेलमा नामिवियाले घटाएको ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय २५ रन बनायो । 
 
टस जितेर पहिले व्याटिङ गरेको एसोशियट राष्ट्र नामिवियाका लागि लोहन लवरेन्सले ५९ रन बनाए । यस्तै, मिखाइन भान लिङ्गेन ५८ रनमा आउट भए । लिङ्गेन सन्दिप लामिछानेको सिकार भए । लामिछानेले ३ विकेट लिए । सुशील कंडेलले २ विकेट झारे । प्रेम तामाङ र सुनील धमलाले १–१ विकेट लिए । नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । आगामी विश्वकपमा सहजै सहभागि हुने नेपालले नामिवियालाई पछार्नु पर्ने हुन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ