arrow

सर्वाधिक बोल्ड फिल्म बनाउँदै पुजा भट्ट

पुजाका अनुसार यो फिल्म सिरिजको हालसम्मकै सबैभन्दा बोल्ड फिल्म हुनेछ

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
pooja-bhatt-post_1367560420.jpg.jpeg
मुम्बई । बलिउड फिल्ममेकर पुजा भट्ट आफ्नो इरोटिक थ्रिलर फिल्म ‘जिस्म’को तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेकी छन् । पुजाका अनुसार यो फिल्म सिरिजको हालसम्मकै सबैभन्दा बोल्ड फिल्म हुनेछ । उनले फिल्ममा तीन नायक र नायिका लिड रोलमा हुने बताईन् । 

‘म जिस्म ३ मा यो वर्षबाट काम शुरु गर्दैछु र आगामी वर्ष रिलिज हुनेछ । यो पटक फिल्ममा पुरा परिवर्तन ल्याउनेछु ।’ उनले भनेकी छन् ।

सन् २००३ को फिल्म ‘जिस्म’मा विपाशा बसु र जोन अब्राहम प्रमुख भूमिकामा थिए । यसको सन् २००३ मा आएको सिवक्ेलमा सनी लियोनले अभिनय गरेकी थिईन् । जो यसै फिल्ममार्फत बलिउडमा डेब्यु गरेकी थिईन् ।

‘पाप’ र ‘होलिडे’ जस्ता फिल्म बनाएका पुजाले बोल्ड फिल्म बनाउने निर्णय लिए पनि उनलाई सेन्सर प्रति कुनै चिन्ता छैन । ‘मेरो कुनै पनि मसला सेन्सरसँग रहेन, यदि म उनीहरुसँग सहमत छैन भने म उनीहरुसँग लड्छु ।’ उनले भनेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ