arrow

पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपनि शतप्रतिशत सफलता भएन

स्थानीय जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखलाई खोप सम्बन्धी अभिमुखीकरण

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार २९ शुक्रबार
khop1.jpg

पाल्पा । स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य सस्था प्रमुखहरुको लागि खोप सम्बन्धि अभिमुखिकरण तथा सुक्ष्म योजना अद्दाबधिक कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

पश्चिमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र रामपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा पुर्ण खोप सुनिश्चितता र दिगोपनको सुक्ष्म तर्जुमा अद्यावधिक गरिएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हामीले जन्माएको बच्चा निरोगी हुनुपर्छ र आफै खुट्टामा उभिएर बाच्नुपदर्छ त्यसका लागि महत्वपुर्ण आधार भनेको गर्भवास्तादेखि कै नियमित खोप हो । नजन्मेदेखि नै लगाउनुपर्ने खोपले स्वस्थ्यकर बच्चा जन्माउछ र त्यसको रिजल्ट पनि राम्रो हुन्छ जुन बच्चाको नियमित खोप पुरा भएको छ उसको भविश्य सुनिश्चितको बाटोमा अगाडी बढ्छ थापाले भने। सोही अबसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले नगरका हरेक क्षेत्रका बालबालिका र हरेक स्वास्थ्य सेवा प्रभावकारी बनाउन सक्दो लाग्ने प्रतिबद्धता जनाए ।
 
सामाजिक विकास समिति शाखा संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष एक बहादुर नेपालले खोपको महत्व समाजमा बुझेर पनि धेरै आमा बुवाले बच्चाको नियमित खोपमा चनाखो दिएको बताए । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेखले स्वस्थ्य नगरको पहिलो आधार खोप भएको बताए । उनले नेपालमा नै पहिलो जिल्लाका रुपमा पाल्पालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिसकेपनि शतप्रतिशत नै सफलता नपाइएको ले छुटेका बच्चा किन र कसरी छुटे भन्ने खोज र खोपको अभियान स्वास्थ्य संस्थाले चलाउनुपर्ने आबश्यकता खड्किएको बताए । २ दिने खोप अभिमुखीकरण तथा सुक्ष्म योजना तर्जुमा अद्यावधिक कार्यक्रममा नगपालिकाका ८८ प्रतिशत बालबालिकाले सबै प्रकारको खोप लिइएको जानकारी दिइएको थियो ।

 ५० शैयाको रामपुर अस्पताल सहित ४ स्वास्थ्य केन्द्र र ४ शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत २१ वटा खोप केन्द्र रहेको रामपुर नगरपालिकामा अझै पनि १२ प्रतिशत बालबालिका खोपको पहुँचमा नरहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । बिभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले बसाइसराई र अन्य कारणले बच्चा पहुँचमा नआएको बताएका थिए भने केही परिवारले अपवादका कारण खोप लगाउन हिचकिचाएको जानकारी दिएको नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक गिरीराज घिमिरेले बताए । यस बर्षको पहिलो खोपको तुलनामा दोस्रो, तेस्रो खोप लिने बच्चाको सङंख्या बढेको छ ।

 सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ३ का महिला स्वास्थ्य स्वयंमसेविका उमाकुमारी ठाडालाई सम्मान सहित विदाई गरिएको छ । निरन्तर ३० बर्षसम्म समुदायमा पुगेर स्वास्थ्य चेतना र आमा र बच्चाको स्वास्थ्य सेवामा काम गर्दै आएका उनलाई नगर प्रमुख थापाले दोसल्ला नगद सहित सम्मान गर्दै विदाई गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ