arrow

बेलायतको सेवा सुविधा दिइरहेछ आइएसएमटी कलेज

logo
प्रकाशित २०७५ असार ३० शनिबार
ismt3.png

काठमाडौं। विगत छ वर्षदेखि काठमाडौंमा सञ्चालनमा रहेको आइएसएमटी कलेजका आफ्नै विशेषता रहेका छन्। यस कलेजले स्नातक तहका तीन वटा संकायहरू सञ्चालन गरिरहेको छ। यो कलेजले बीएससी आइटी, बीएचएम र बीबीए कोर्ष चलाइरहेको हो। तीन वटै संकाय बेलायतको हाडफोर्ड साइड विश्वविद्यालयबाट सम्बन्धन लिएर तीन वर्षे कार्यक्रम अन्तर्गत संचालित छन्।

यसमा अध्ययन गर्ने एकदमै राम्रो वातावरण रहेको छ। ए लेबल, प्लस टु साइन्स तथा म्यानेजमेन्ट संकायबाट आउने कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेको विद्यार्थीलाई मात्रै यस कलेजले भर्ना लिने गरेको छ। यहाँ अभ्यासमा आधारित कोर्ष रहेको छ। नेपालमा भएका टप लेबलका विश्वविद्यालय भन्दा टप लेबलको शिक्षा यस आइएसएमटी कलेजले दिने गरेको छ।

शुल्कको हिसावले त्यति महंगो छैन। लगानी अनुसारका तालिमहरू रहेका छन्। त्यही किसिमको शिक्षा हामीले दिइरहेको कलेजको दाबी छ। भौतिक संरचना तथा सेवा सुविधाहरूसमेत अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले दिनेभन्दा कम छैनन्। विश्वविद्यालयको आवश्यकता अनुसार नै भौतिक संरचनाहरू रहेका छन्।  ‘बेलायतमा गएर पढ्ने विद्यार्थीले जस्तो भौतिक सेवा सुविधा पाउँछ त्यहाँको सेवा सुविधा नै यहाँ पनि रहेको छ।’ आइटी संयोजक राजनराज पन्तले भने, ‘त्यहाँको भौतिक संरचना बाहेक हामीले चलाउनै पाउँदैनौं।’

सबैले हेर्नु पर्ने कुरा विद्यालयले कुन स्तरको डिग्री लिएको हो त्यो रहेको र यस कलेजले अन्य कुनै कलेजको भन्दा कम नदिने कलेजका अधिकारीहरूको दाबी छ। विद्यार्थीहरूको वर्तमान पुस्ता विदेश अध्ययन गर्न खोज्छ। विद्यार्थीको यो पुस्तालाई केन्द्रित गर्दै कलेजले दुई वर्ष आइएसएमटी कलेजमा पढ्ने र त्यसपछिको तेसो वर्षका लागि बाहिर अप्लाई गर्न मिल्ने व्यवस्था पनि गरेको छ। प्रायजसो ४० प्रतिशत विद्यार्थीले दुई वर्ष यहाँ पढेर बाँकी अध्ययनको लागि विदेश जाने गरेका छन्। यहाँ पढेर बाहिर जाने विद्यार्थीहरूको प्रतिक्रिया राम्रो रहेको छ। बाहिर गएर पढेर आएर यहाँ काम गर्ने विद्यार्थी पनि रहेको अवस्थामा यो कलेजले बाहिरको जस्तो शिक्षा यहाँ नै उपलब्ध गराइरहेको छ।

त्यही भएर पनि कलेजमा विद्यार्थीहरू धेरै हुने गरेको कलेज प्रशासनले बताएको छ। कलेजले एउटा संकायमा वार्षिक पाँच सय विद्यार्थीका दरले भर्ना लिने गरेको छ।  बाहिर गएका विद्यार्थीहरूले नै भन्छन् कि आइएसएमटी कलेज एकदमै राम्रो रहेको छ भनेर । जुन–जुलाई महिनादेखि एउटा सेसन सञ्चालन गरिन्छ। त्यस्तै सेप्टेम्बर–अक्टुबरदेखि अर्को सेसन चलाउने गरिएको छ। र जनवरी–फेबु्रअरीदेखि अर्को सेसन गरेर तीन वटा सेसन चलाउने गरिएको छ।Image may contain: 2 people, people smiling

चितवन र काठमाडौंमा गरी दुईवटा ठाउँमा आइएसएमटी कलेज सञ्चालनमा रहेको छ। दैनिक दुईवटा सेसन चल्ने गरेको छ। यसरी नै हामीले विद्यार्थी व्यवस्थापन गरिरहेको छ। एउटा समूहमा ३५ विद्यार्थीका दरले राखेर कक्षा सञ्चालन गर्ने गरिएको छ।

यस कलेजबाट पास आउट भएर जानेहरू सबै राम्रो जागिरमा लागेकाले त्यो नै आफ्नो उपलब्धि रहेको कलेज प्रशासनको भनाइ छ। ।Image may contain: 3 people, people smiling, people sitting and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ