arrow

कांग्रेस नेता आचार्यको तत्काल शल्यक्रिया गर्नु नपर्ने

फिजियोथेरापी सुरु

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
narhari-aacharye-new.jpg.jpeg.jpeg
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री नरहरि आचार्यको स्वास्थ्य सुधार हुँदै गएको छ । आचार्यको तत्काल शल्यक्रिया गर्नु नपर्ने चिकित्सकिय सुझाव छ । आचार्यका सहयोगी जीवन आलेमगरले हाम्राकुरासंग भने, ‘वुधबारबाट लिटो खान थाल्नु भएको छ, दायाँ खुट्टा समेत चल्न थालेको छ ।’ उच्च रक्तचाप पीडित आचार्यलाई मंगलबार मस्तिष्क घात भएको थियो । आलेले चिकित्सकले तत्काल शल्यक्रिया गर्नु नपर्ने बताएको सुनाए ।
 
न्यूरो अस्पताल बाँसबारीका प्रबन्धक तथा स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटाले आचार्य उपचारको नियमित मनिटरिङ गरिरहेका छन् । आचार्यको विहिबारबाट फिजियोथेरापी सुरु भएको छ । बोल्न नसकिरहेका आचार्यको प्रभावकारी फिजियोथेरापीमा जोड दिइएको चिकित्सकहरुले बताएका छन् । 
 
उच्च रक्तचाप नियन्त्रण हुन नसकेपछी आचार्यको मष्तिष्कको दायाँ पक्षमा समस्या भएको हो । जसले दयाँ शरीर र दायाँ खुट्टा र हात चल्न सकेको थिएन । नेता आचार्यको मष्तिष्कको नशा फुटेको न्यूरोले जारी गरेको प्रेस नोटमा उल्लेख छ । नशा फुटेर जमेको रगत हटाउन औषधि चलाइएको चिकित्सकहरुले बताएका छन् । सहयोगी आलेमगरका अनुसार रगत घट्–बढ् भए, नभएकोबारे जानकारी लिन दिनमा दुई पटक सम्म सिटी स्क्यान गर्ने गरिएको छ ।
 
अहिले रगत बढेको देखिएको छैन । अवस्था स्थिर छ । २६ माघ, मंगबार काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको खबरपछी कोइराला निवास पुगेका ६२ वर्षीय कांग्रेस नेता आचार्य एका एक मष्तिष्कघात भएर लडेका थिए । लगत्तै गंगालाल अस्पताल लगिएकामा मुटुको समस्या नभई न्यूरो समस्या भएको भन्दै गंगालालले न्यूरो अस्पताल बाँसबारी रेफर गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ