arrow

चन्द्रागिरिमा प्रधानमन्त्री ओलीले सुनाए कविता

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
chandragiri.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिमा कविता सुनाएका छन् । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आइतबार चन्द्रागिरिमा प्रधानमन्त्री ओलीले आफ्नो  कविता सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

उनले “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछौं किन जिन्दगी भन युवा के छैन नेपालमा ?”  कविता वाचन गरेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए  । उनले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्दछ भने ।

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु चन्द्रागिरि पुगेका छन् ।  प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरे। भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जनामा जुटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ