arrow

शोक प्रस्ताव पारित

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
parliament1.png

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।

उनि २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित थिए ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै, स्व आलमको निधनमा सांसदले आ–आफ्नो स्थानबाट उठी एक मिनेट मौनधारणासमेत गरेका थिए ।  प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार अपराह्न १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ