arrow

यू–१९ विश्वकप : नेपाल नामिवियासंग पराजित, ‘गुम्यो सोझै विश्वकप खेल्ने अवसर’

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
tamang-new-ICC.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल नामिवियासंग १५ रनले पराजित भएको छ । नामिवियाले दिएको २ सय २६ रनको चुनौती पछ्याएको नेपाल ४२ आभेर २ बलमा अलआउट हुँदै २ सय १० रनमै समेटिएपछि पराजित भएको हो । सातौं स्थानका लागि भएको प्ले अफमा पराजित भएसंगै नेपालले दुई वर्ष पछि २०१८ मा न्यूजिल्याण्डमा हुने विश्वकप सिधै खेल्ने अवसर गुमाएको छ ।
 
नामिवियाविरुद्धको यो खेल जितेको भए नेपाललाई सोझै विश्वकपमा सहभागि हुन सहज हुने थियो । अब फेरि विश्वकप छनोट खेल खेल्नु पर्ने भएको छ । नेपालका लागि ओपनर सुनील धमलाले ५९ रन बनाए । योगेन्द्र सिंह कार्कीले ३५ रन बनाउँदा प्रेम तामाङले ३२, दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले ३० रन बनाए ।
 
नामिवियाका लागि अलराउण्ड प्रदर्शन गर्ने क्रममा मिखाइन भान लिङ्गेनले ४ विकेट चट्काए । यसअघि फतुल्लाहमा टस जितेर पहिले व्याटिङ गरेको एसोशियत राष्ट्र नामिवियाले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । मौसम खराव भएपछी ढिलो गरी सुरु भएको खेल ४५ ओभरमा झरेको हो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ