arrow

साग : पुरुष फुटबलमा नेपाल बंगलादेशसंग पराजित, सेमिफाइनल भेट माल्दिभ्ससंग

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
Sag-football.jpg.jpeg
काठमाडौं । भारतमा जारी १२ औ दक्षिण एसियाली खेलकुद ‘साग’को पुरुष फुटबलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजित हुँदै नेपाल समूह उपविजेता बनेको छ । बंगलादेश समूह विजेता बन्दै सेमिफाइन पुगेको छ । यद्यपि, नेपाल समेत एक खेल अगावै सेमिफाइनल पुगिसकेको थियो । नेपालले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।
 
अनन्त तामाङले गरेको गोल विरुद्ध बंगलादेशले पहिलो हाफमै ४० र ४५औं मिनेटमा २ गोल गर्दै अग्रता लियो । निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन सकेन । नेपालको सेमिफाइनल भिडन्त शनिबार माल्दिभ्ससंग हुनेछ । माल्दिभ्स र नेपालको इतिहासमा हाल सम्म ४ गोलको संयोग रहने गरेको छ । जसले चार गोल गर्न सक्यो पक्षमा नतिजा आउने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ