arrow

यु-१९ विश्वकप क्रिकेट: प्रेम तामाङ र सन्दिप लामिछाने नेपालका उदाउँदा तारा

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
Prem_Sandeep_Cricket_hamrak.jpg.jpeg
 
काठमाडौं। बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आठौं स्थानमा चित्त बुझाउनु परेको छ। कुल १६ टिम सम्मिलित विश्वकपमा आठौं स्थान भनेको राम्रो मान् सकिन्छ तर सातौं स्थान ओगट्न सकेको भए सन् २०१८मा न्युजिल्याण्डमा हुने विश्वकपमा सौझै प्रवेश पाईने थियो जुन कुरा नेपालले नामिबियासँग पराजित हुँदै गुमायो। 
 
समुह चरणमा नेपालले टेष्ट खेल्ने न्युजिल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डलाई पनि पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो। उक्त समुहमा भारतसँग पराजित नेपाली टोली क्वार्टरफाईनलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो। 
 
प्रतियोगितामा नेपालका युवाहरुले केही सम्झिन लायक प्रदर्शन गरेका छन्। जुन प्रदर्शन उनीहरुको जिवनको बिर्सिन नसकिने पलहरु बनेका छन्। सन्दिप लामिछानेको आयरल्याण्ड बिरुद्धको ह्याट्रिकले उनलाई विश्व क्रिकेटमा उदाउँदो तारा भनेर चर्चाको बिषय रहन योगदान पुराएको थियो भने उनको बलिङलाई क्रिकेटका महान बलर शेन वार्नसँग दाजेर पनि समाचारहरु बनेका थिए। 
 
त्यसैगरि प्रेम तामाङको प्रतियोगिताभर बिर्सिन् नसकिने अलराउण्ड प्रदर्शन् पनि संसमरणमा रहिरहने बन्यो।  
 
नेपालका लागि सर्वाधिक विकेट लिने मा सन्दिप लामिछाने अग्र स्थानमा छन। उनले खेलेको कुल ६ खेलमा ५०.१ ओभरमा २ सय ३९ रन दिएर १४ विकेट हात पारेका छन्।उनले समुह चरणको आयरल्याण्ड बिरुद्दको खेलमा प्रतियोगिताकै एकमात्र ह्याट्रिक सगै २७ रन दिदै ५ विकेट लिएका थिए। 
 
नेपालका लागी दिपेन्द्र सिहं ऐरीले ३१.२ ओभरमा १ मेडन राख्दै १ सय ८८ रन दिएर  ७ विकेट लिएका छन् भने । सुनिल धमला र प्रेम तामाङले समान ५-५ विकेट नेपालको लागि लिएका छन्। 
 
नेपालका लागि सर्वाधिक रन बनाउने शिर्ष ५ व्याटसम्यानको सुचिमा अग्रस्थानमा अलराउण्डर प्रेम तामाङ् रहेका छन् उनले ५ ईनिङ्गमा १५२ को औषतमा १ सय ५२ रन बनाए।प्रतियोगितामा अन्तिम खेलमा मात्र उनि क्याच आउट हुन पुगे।  
 
सुनिल धमलाले यो प्रतियोगितामा ६ खेलमा १ सय ३४ रन बनाएका छन। नेपालका ओपनिङ्ग समाल्ने उनले नेपालको नामिबिया बिरुद्दको अन्तिम खेलमा ५९ रनको अर्धशतकिय पारी खेले। नेपाली यु१९ टोलीका उप-कप्तान आरिफ शेख जारी प्रतियोगितामा १ सय ४८ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन ३९ रहेको छ। 
 
कप्तान राजु रिजालले ५ इनिङ्गमा २८ को औषतमा १ सय ४२ रन बनाएका छन्। उनले बङ्गलादेश विरुद्द ७२ रनको उच्च पारी खेलेका थिए।
 
अर्का नेपाली व्याटसम्यान योगेन्द्र सिहं कार्कीले यस प्रतियोगितामा नेपालका लागि १ सय १५ रन बनाएका छन् उनले आयरल्याण्ड विरुद्द नटआउट ६१ रनको पारी खेलेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ