arrow

एमालेका नेता भन्छन ' प्रमको भारत भ्रमणमा असमान सन्धी सम्झौताको कुरा हुँदैन'

प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डामा छलफल गरुनः केसी

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
rajan-bhattarai.jpg.jpeg
काठमाडौ। सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धी सम्झौत र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामि भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताएका छन। 
 
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारले गठन गरेको प्रबुद्ध ब्यक्तित्वहरुको समूह १९५० देखिका असमान सन्धी पुनरावलोकनसहित नेपाल भारत सम्बन्ध २१ औं शताब्दी सुहाउदो बनाउन सुझाव दिन गठन भएको हो। त्यसले प्रक्रिया अगाडि बढाईसकेको छ। दुई नेतावीच यस्ता कुरा गर्नु उपयूक्त हुँदैन।’
 
भट्टराईले प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा राजनीतिक र दिर्घकालिन प्रकृतिका विषयहरु भएको भन्दै दुई देशवीचको ब्यापार सहज बनाउने, नेपालको आर्थिक विकासमा भारतको सहयोग लिने, विगतमा सहमति भएका तर कार्यान्वयन नभएका योजनालाई छिटो अगाडि बढाउने र पुर्ननिर्माणकोलागि भारतले घोषणा गरेको सहयोग कुन कुन परियोजनामा खर्च गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिए। 
 
भारतसँगको सम्बन्धमा देखिएको असहजता अन्त्य हुनुपर्छ भन्ने चाहना सबैको रहेको भन्दै नाकाबन्दीको अन्त्यसँगै सम्बन्धमा सहजता आउन थालेको उनले बताए। भट्टराईले भने,‘हाम्रो कारणले नाकाबन्दी भएको होईन। असहजतामा सम्बन्ध सहज हुन सक्दैन थियो। अब नाकाबन्दीको अन्त्यसँगै आशा बढेको छ।’
 
नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डाको विषयमा कुनै निर्णय गर्नु अघि सबैसँग छलफल गरेर मात्रै धारणा बनाउनु पर्ने बताए। उनले प्रधानमन्त्री समग्र नेपालको नेतृत्व लिएर भारत भ्रमणमा जानु पर्नेभन्दै भारतले पनि नेपालको जटिलता र स्वाभिमानलाई गंभिरतापूर्वक लिनु पर्ने बताए। साक्षात्कारमा केसीले भारतसँगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्ने भन्दै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए। 
 
उनले दिवंगत पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएकोले त्यसको कार्यन्वयनको जिम्मेवारी पनि काग्रेसकै भएको भन्दै अब कोइरालाको त्याग, निष्ठाको भावनालाई आत्मसाथ गर्दै १३ औ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड दिए। कोइरालाको निधनको सन्दर्भमा उठेको प्रश्नमा केसीले नियतबस नभएको भएपनि परिस्थिति वा केही लापरवाहीको कारणले दुर्घटना भएको हुन सक्ने आशंका ब्यक्त गरे।
 
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले भारतले नेपालमाथि गरेको नाकाबन्दीको विषयमा जवाफ दिनु पर्ने भन्दै त्यसपछि मात्रै सम्बन्ध सुमधुर बन्ने विश्वास ब्यक्त गरे। उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल भारत सम्बन्धलाई थप सुनिश्ति गर्ने गरी कुरा उठाउनु पर्ने भन्दै ब्यापार बाणिज्यलाई सरल बनाउने र भुपरिबेष्ठित मुलुकको अधिकार बाधित हुन नदिने विषयमा कुराकानी गर्नु पर्ने बताए। 
 
शर्माले भने,‘दुई मुलुकको सम्बन्धमा देखिएको दरार कम गर्ने गरी भ्रमण गर्नु पर्छ । खोस्रोर होईन चिल बनेर समस्याको समाधान गर्नु पर्छ। उनले प्राविधिक र ब्यूरोक्रेसिक सम्बन्धले राजनीतिक सम्बन्धमा दरार पैदा गरेको भन्दै नेपाल र भारतवीच सुमधुर सम्बन्ध बनाउन राजनीतिक सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्ने बताए। शर्माले भने,‘राजनीतिले जनस्तरसम्मको सम्बन्ध ब्यवस्थित गर्ने भएकोले राजनीतिक सम्बन्ध विस्तारमा ध्यान दिनु पर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ