arrow

सामसुङ प्लाजाले मनायो १५ औं वार्षिकोत्सव

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
Pic_3.jpg

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले सञ्चालन गर्दे आएको सामसुङ प्लाजाले आफ्नो स्थपनाको १५ औ वर्ष पुरा गरेको छ । नेपालका लागि  सामसङ इलेक्ट्रोनिक्सको आधिकारीक बिक्रेता रहेको  हिम इलेक्ट्रोनिक्सले सञ्चालनमा ल्याएको सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो।  जहाँ आधुनिक, एड्भान्स तथा समय सापेक्ष स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेस जस्ता इलेक्ट्रोनिक्स सामानहरु पाउन सकिन्छ ।

१५ बर्षको स्थापना दिवसको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनको अध्यक्ष कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ । उक्त फाउन्डेसनले निर्मल विद्यापथ विद्यालयका २७ जना छात्राहरु र अजाद विद्यालयका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको छात्रवृत्ति , स्कुल ड्रेस र स्टेशनरी सामाग्री प्रदान गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई  यो  सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।  

उक्त उत्सव कार्यक्रममा बोल्दै हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले ‘कठिन सयममा पनि राम्रोसँग काम  गरेको स्मरण गर्दै  १५ बर्ष लामो  सफल इतिहास बनाउनु कम्पनीको निकै खुसीको कुरा भएको जनाइन्।  साथै महिला सशक्तिकरणमा कम्पनीले गरेको सहयोगले  छात्राहरुको शिक्षामा  महत्वपूर्ण भूमिका खेलेको जसले आर्थिक, सामाजिक र राष्ट्र विकासमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गरिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ