arrow

एस१० ल्याउँदै सामसुङ, यस्ता छन् विशेषता 

logo
प्रकाशित २०७५ साउन २ बुधबार
samsung.jpg

काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आउँदो वर्ष सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । 

सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु सार्वएजनिक गर्दै आएकोमा आगामी उत्पादन भने तीन फरक आकारमा सार्वजनिक गर्ने तयारीमा कम्पनी देखिएको हो । 

प्रविधि विश्लेषक मिङ–चि क्युओका अनुसार यो स्मार्टफोन ५.८, ६.१ र ६.४ इन्चको तीन आकारमा बजारमा आउनसक्छ । अमेरिकी कम्पनी एप्पललाई चुनौती दिनका लागि ल्याउन लागिएको यो स्मार्टफोनमा उत्कृष्ट सुविधाहरु थप गर्ने तयारी कम्पनीको रहेको छ । सामसुङले ल्याउन लागेको यो स्मार्टफोनमा फिंगरप्रिन्टको सुविधा पनि रहनेछ । आगामी उत्पादनको क्यामेराको लागि कम्पनीले इजरायलमा रहेको ३डी कम्पनीसँग पनि सहकार्य गरिरहेको छ । 

त्यसका साथै एस१० का उत्पादनहरुमा सामसुङले ३डी फेस रिकोग्निसनको फिचर्स पनि राखेको छ । साथै एस९ र एस९ प्लसमा प्रयोग गरिएको एग्युमेन्ट रियालिटी (एआर) इमोजी प्रविधिको पनि प्रयोग हुनेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ