arrow

बाजुरा क्याम्पस आंगिक भएपछि खुसीयाली

logo
रमित बि.क.,
प्रकाशित २०७५ साउन २ बुधबार
bajura-college.jpg

बाजुरा । बाजुरा जिल्लाकै उच्च शिक्षा केन्द्र बाजुरा क्याम्पस सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक भएसँगै बाजुरावासीले खुसीयाली मनाएका छन् ।

साउन १ गतेबाट लागू हुने गरी सुदुरपश्चिमाञ्चल विश्व विद्यालयबाट मान्यताप्राप्त आंगिक क्याम्पसको रूपमा बाजुरा क्याम्पस रहेको छ । यसै अवसरको खुसीयालीमा बाजुरा क्याम्पसलाई आंगिक क्याम्पस  बनाउन सफल अभियान्तालाई बडिमालिका नगरपालिकाले एक कार्यक्रममा सम्मान गरेको  छ ।

“शैक्षिक जनशक्ति नगरपालिकाको शान गुणस्तरीय र उच्च शिक्षा हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बडिमालिका नगरपालिकाले बाजुरा क्याम्पस बाजुरालाई  स्वागत तथा सम्मान गरेको हो ।  बडिमालिका नगरपालिकामा रहेको बाजुरा क्याम्पसले बिभिन्न कालखण्ड पार गर्दै आंगिक बनाउन सफल क्याम्पस व्यवस्थापन समिति क्याम्पस प्रमुखलगायत समितिका पदाधिकारी तथा कर्मचारीलाई बडिमालिका नगरपालिकाले फुलमाला र अबिरले सम्मान गरिएको क्याम्पसका प्रशासकीय अधिकृत मदन जोशीले बताएका छन् ।

 २०६३ सालमा स्थापना गरिएको बाजुरा क्याम्पसमा शिक्षा शास्त्र,व्यवस्थापन र मानविकी संकायमा अध्यायपन अध्यायपन गरिँदै आएको क्याम्पसले जनाएको छ । बाजुरा क्याम्पस बाजुरा जिल्लाकै पहिलो क्याम्पस भएर बाजुरा जिल्लाका गरिब तथा पिछडिएका र आर्थिक विपन्न विद्यार्थीहरूले सर्वसुलभ  रूपमा अध्ययन अध्यापन गराउँदै आएको भएपनि अब सरकारी क्याम्पस भएपछि झन् सुलभरूपमा अध्ययन अध्यापन गर्न पाउने क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले बताए ।

बाजुरा क्याम्पस सरकारी क्याम्पस भएपछि बाजुरावासीका लागि थप राहत भएको स्थानिय विद्यार्थी सुरेश खड्काले बताए ।  क्याम्पस आंगिक भएको उपलक्ष्यमा बडिमालिका नगरपालिकाले पहिलो दिन स्वागत गरेको छ । नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ