arrow

सरकारी कर्मचारी, पहुँचवाला, सेना, प्रहरीका कारण ग्याँस वितरणमा समस्या

सरकारको असक्षमताको कारण ग्याँस अभाव भएको महासंघको आरोप

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
gas.jpg.jpeg
काठमाडौं । ग्याँस व्यवसायी महासंघले सरकारको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भएको आरोप लगाएको छ । विहीबार पत्रकार सम्मेलन गरेर महासंघले त्यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष वीरेन्द्रभक्त प्रधानाङ्गले सरकारको असक्षमताको कारण ग्याँसका कारण जनताले दुःख पाएको आरोप लगाउँदै वितरक कहाँ सोझै ग्याँस नपठाई उद्योग र आयल निगमको मिलेमतोमा आफै ग्याँस वितरण गरी सरकार कमिशनको चक्करमा लागेकोले वितरक र उपभोक्ता मारमा परेको दावी गरे । उनले सरकारले दीर्घकालीन उपाय नसोचेको र वितरण प्रणाली प्रभावकारी नभएको कारण ग्याँसमा कालोबजारी भएको समेत आरोप लगाउँदै भने,‘सरकारी कर्मचारी, पहुँचवाला, सेना, प्रहरी सबै तह र तप्काहरुले लाईनमा बस्ने व्यवस्था नगरी पहुँचवालाहरुको घरमा मात्र सिलिण्डर पर्याउने परिपाटी समाप्त गर्नु पर्छ यसले नै अभाव सृजना गरेको हो । उद्योगबाट सिधै डिपोमा ग्याँस पठाई वितरकहरुलाई लिन बोलाउने भाडा पनि नदिने भएकाले ग्याँस महङ्गोमा उपभोक्ताले किन्न बाध्य पारिएको स्पष्ट पार्दै उनले ५४ वटा ग्याँस उद्योगहरुलाई मर्ज नगरी समस्या समाधान नहुने तर्क गरे । 
 
महासचिव चन्द्रकृष्ण श्रेष्ठले ग्याँस व्यवसायी महासंघ, काठमाडौं प्रमुख जिल्ला अधिकारी, ग्याँस वितरक तथा विक्रेताहरुको सहभागीतामा भएको छलफलमा पूर्व प्रचलित वितरण प्रणालीअनुसार वितरकले विक्रेतालाई ग्याँस डेलिभरी गर्ने निर्णय भएपनि हालसम्म लागू हुन नसकेको कारण उपभोक्ताले ग्याँस सहज नपाएकोले यसमा विक्रेताहरुको दोष नभएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा उनले आठ हजारसम्म रकम लिएर अनधिकृतरुपमा सीमापारी र अन्य जिल्लाबाट ल्याएर ग्याँस बेच्ने वितरण नभई कालाबजारी भएको दावी गरे। महासचिव श्रेष्ठले सरकारले तोकेको दर  ७०० वा  १४०० मै ग्याँस विक्री वितरण गर्ने वातावरण नबनाई निमुखा व्यवसायीहरुलाई मात्र प्रताडित गर्ने कार्यलाई निरन्तरता दिएमा बाध्यतावस ग्याँसको खरिद बिक्री बन्द गर्ने चेतावनी दिदै यसबाट असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ