arrow

संविधानका पीताका रुपमा कोइराला सिड्नीमा सम्झिए

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
sushil-rip-australia.jpg.jpeg
अस्ट्रेलिया। नेपाली काँग्रेशका सभापती शुसील कोइरालाको असमायिक निधन भएको दोस्रो दिन सिड्नीका युवाहरुले उनप्रति श्रद्धाञ्जली दिन श्रद्धान्जलीसभाको आयोजना गरेका छन्। स्थानिय रकडेलका स्थानिय युवा जमात रकडेल ब्वाइजले बिहिवार श्रद्धान्जली सभाको आयोजना गर्दै नेपालको नया संविधानका पीतामहका रुपमा रहेका कोइरालाप्रती सम्मान अपर्ण गर्नु सबै नेपालीको कर्तब्य रहेको जनाए। 
 
कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका प्रेम सापकोटाले नेपाली राजनीतिमा सरल र सादा जीवनका पर्यायका रुपमै रहेका नेपाली कांग्रेसका सभापती शुसिल कोइरालाको निधनले मर्माहत भएको बताए। कार्यकर्ताहरुले प्रिय रुपमा बोलाउने उनै शुसिल दाको गत मंगलवार कोइराला निवास महाराजगञ्जमा निधन भएपछि पार्टी अभिभावक बिहिन बनेको समेत सापकोटाले बताए। 
 
आसन्न १३ औ महाधिवेशनकै सम्मुखमा कोइरालाको निधनले काँग्रेसजन अचानक शोकमा परेको र पार्टी सुदृढीकरणको महाअभियानलाई अगाडी बढाउँदै काँग्रेस पार्टीलाई देशकै नेतृत्वदायी पार्टी बनाइराख्न सके कोइरालाप्रति काँग्रेसजनको सच्चा श्रद्धाञ्जली हुने सापकोटाले बताए। 
 
कार्यक्रममा सामाजिक अभियन्ता मन केसी र एनआरएनका उपाध्यक्ष दिनेश पोखरेलले स्वर्गिय कोइरालाको सादगी जीवन र सच्चा राष्ट्रप्रेमको कदर सबैले गर्नुपर्ने बताए। यस्तै स्थानिय अभिभावक र युवाहरुको सहभागिता रहेको श्रद्धाञ्जलीसभामा आयोजक रकडेल ब्वाइजका किरण बराल, शितल गिरी, जनसम्पर्क समितीका पदाधिकारीहरु सुरेश गुरुङ, अर्जुन केसी, एनआरएन एनएसडब्लुका सल्लाहकार थानु शाक्य, एनआरएनका सह सचिव भिष्म भण्डारी, सदस्य राजकुमार अधिकारी , भुपाल सिटौलालगायतले कोइरालाको फोटोमा माल्यापर्ण गरेर श्रद्धान्जली अपर्ण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ