arrow

शिक्षा मन्त्री भन्छन् –डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
giriraj.JPG

काठमाडौँ । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले बिहिबार बिहान हेलिकोप्टर पठाएको छ । 

उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । 

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए । 

उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने जनाए । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनले बताए । 

मन्त्री पोखरेलले चिकित्सकहरु विरामीलाई सेवा दिन छाडेर आन्दोलनमा उत्रनु पर्ने आवश्यकता नरहेको समेत पत्रकार सम्मेलनमा जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ