गाउँगाउँबाट महिलाहरु आएर घेर्नथाले, सुरक्षाकर्मीले बिरामीलाई अस्पताल छिर्न दिएन

प्रकाशित मिति : २०७५ श्रावण ३ बिहिबार

जुम्ला। प्राडा गोविन्द केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं लैजाने सरकारको योजनालाई विफल पार्न जुम्लाका महिलाहरु सक्रिय देखिएका छन् । जुम्लाको गाउँगाउँबाट महिलाहरु जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर दबाब दिइरहेका छन्। उनीहरुले ‘हाम्रो डाक्टर लैजान पाइन्न’ भन्दै ‘माग पूरा गर’ भनी सुरक्षाकर्मीसंग ‘सरकारलाई भेन्देउ’ भनिरहेका छन्। 

त्यसैगरी चिकित्सा विद्यार्थीहरुले पनि मानव साङ्लो बनाएर डा केसी समक्ष पुग्नबाट रोकिरहेका छन्। यता सुरक्षाकर्मीले अस्पताललाई घेराउ गरेको छ। सुरक्षाकर्मीले बिरामीलाई पनि मुलद्धारमै रोकेको छ। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ