arrow

आईडीपी एजुकेसनले थाल्यो नेपालबाटै परामर्श

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
media.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्दै आएको अस्ट्रेलियन संस्था आईडीपी एजुकेसनले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उदेश्यले नेपालबाटै परामर्श थालनी गरेको छ ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै आईडीपीले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उदेश्यले नेपालबाटै परामर्श गर्ने घोषणा गरेको हो।

नेपालबाट १० जना विद्यार्थीलाई छात्रवृत्तिमा लैजाने बताएको उक्त संस्थाले विश्वभरबाट साढे ६ सय विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको जानकारी दिएको छ । 

नेपालबाट १० जना विद्यार्थी छनोट गरी लैजाने उदेश्यले ५० हजार अस्ट्रेलियन डलर छुट्टयाएको जानकारी दिएको छ ।

सो संस्थाले नेपाली विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, र आयरल्याण्डमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने आइडिपी नेपालका प्रमुख निरज सिटौलाले जानकारी दिए ।

संस्थाले आगामी एक महिना भित्रै आफ्नो अफिस नेपालमा सञ्चालनमा ल्याउने र विद्यार्थीहरुसँग परामर्श थाल्ने संस्थाका सिईओ एन्ड्रयू बार्कलाले बताए ।

त्यस्तै संस्थाका सार्क क्षेत्रीय निर्देशक पियुश कुमारले नेपालमा  आफ्नो कार्यालय  संचालन गर्न पाउँदा खुसी महशुस भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ