arrow

गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीको विशेष सम्बोधन, पहिलो गाँसमै ढुङ्गा

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
pm-olis1.JPG

पोखरा । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक गण्डकी प्रदेश पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ ।  प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् ।   

प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री लगायतले स्वागत गरेका थिए ।

प्रदेशसभा सचिवालय जाने क्रममा प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए । डा. गोविन्द केसीको मागमा सरकार उदासीन रहेको भन्दै नेविसंघले विहीबार पोखरामाओलीलाई कालो झण्डा देखाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ