arrow

पातलीको मायामा डुबे हेमन्त (भिडियाेसहित)

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
hemanta_1.JPG

काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ । सांगीतीक बजारमा फरकपन रुचाउने शर्मा यो पल्ट भने पातलीको मायामा चुर्लुम्म डुबेका छन् । गायक शर्माले गीतको म्यूजिक भिडियोमा यहि भावमा अभिनय समेत गरेका छन् । 

आफ्नै शब्द–संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई यो पल्ट भने अहिले चर्चामा रहेकी मोडल एलिसा राईले साथ दिएकी छन् । प्राय आफ्ना गीतका म्यूजिक भिडियोमा आफैले अभिनय गर्ने गरेका शर्माले पहिलो पटक गाउँले सोझो युवाको भूमिका निर्वाह गरेका छन् । 

उनले यसअघिका म्यूजिक भिडियोमा नेपाली मोडलिङ क्षेत्रमा चल्तिका प्राय अभिनेतृसँग अभिनय गरिसकेका छन् । गीतमा संगीत संयोजन भने श्याम श्वेत रसाईलीले गरेका छन् । शर्मा आफैले निर्देशन गरेको ‘पातली कै मयाँ लाउनी’को म्यूजिक भिडियोमा शिव बिकको कोरियोग्राफि छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियो विकाश धमलाले सम्पादन गरेका छन् । पालतीको म्यूजिक भिडियो गायक शर्माको युटुब च्यानल मार्फत सार्वजनिक भईसकेको छ । 
पातलीको म्यूजिक भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ