arrow

उपसभापति निधी पोर्चुगलमा 

logo
भरत प्रधान,
प्रकाशित २०७५ साउन ४ शुक्रबार
bimalendra_nidhi111.jpg

लिस्बन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी युरोपेली मुलुक पोर्चुगल आइपुगेका छन् । काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिको युरोप भेला तथा जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी बुधबार राती पार्चुगल आईपूगेका हुन् ।

निधीसहित पार्टीका केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रीत केन्द्रीय सदस्य किरण पाण्डे, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, रमेश रिजाल, नवराज गुरुङ लगायतका कांग्रेस नेताहरु  पोर्चुगल आइपुगेका हुन् ।

निधी सहितका कांग्रेस नेताहरुलाई स्वागत गर्न जनसम्पर्क पोर्चुगलका सभापति लक्ष्मीप्रसाद सापकोटा, संस्थापक सभापति पूर्णबहादुर हमाल लगायतका स्थानिय नेता तथा कार्यकताहरु लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूगेका थिए । 

निधी लगायतका नेताहरुले यही शनिबार हुने जनसम्पर्क समितिको युरोप भेला र आईतबार हुने जनसम्र्पक समिति पोर्चुगलको पाँचौ अधिबेशनलाई सम्बोधन गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ