arrow

कोइरालाको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
नेपाल-प्रजातन्त्र-सेनानी-सङ्घ.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएकामा नेपाल प्रजातन्त्र सेनानी सङ्घले दुःख व्यक्त गरेको छ । 
 
सङ्घका सभापति टङ्कप्रसाद शर्मा कँडेल र प्रवक्ता बालकृष्ण दाहालले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी पूर्वप्रधानमन्त्री कोइरालाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गम्भीर आघात पु¥याएको उल्लेख गर्नुभएको छ । “उहाँ संविधानका पिता हुनुहुन्थ्यो, उहाँको अभावमा संविधान कार्यान्वयनका चुनौती सामना गर्ने शक्ति काँग्रेसका अन्य नेतालाई मिलोस् भन्ने कामना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 
 
त्यसैगरी सर्वोच्च अदालत बार एसोसिएसनले पनि समवेदना वक्तव्य जारी गरी कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको जनाएको छ । बारमा सचिव बालकृष्ण ढकालले जारी गरेको वक्तव्यमा संविधान निर्माणका लागि उहाँले खेलेको भूमिका नेपाली राजनीतिमा अविष्मरणीय रहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ