पत्रकार जोशीको निधन

प्रकाशित मिति : २०७२ माघ २८ बिहिबार
काठमाडौं। वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ । 
 
पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुन् । उनलाइ मधुमेह र मिगौला रोगबाट पीडित थिए । 
 
राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट पर्यटनक्षेत्रले एक कुशल पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।उनका श्रीमती,एक छोरा र एक छोरी छन् । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ