arrow

पुनःनिर्माणका लागि राष्ट्रिय एकताको खाँचोः प्रचण्ड

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
prachanda1.jpg.jpeg
त्रिशूली।एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनादेखिको भारतीय नाकाबन्दी जनताको शिर झुक्न नदिइकनै खुलेको बताए । 
 
विहिबार नुवाकोटको खरानीटारमा अमरज्योति बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले नेपालीको स्वाभिमानमा अडान कायमै रहेका कारण नाकाबन्दी खुलेको उल्लेख गरे ।
 
उनले भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दलबीच राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउए । अध्यक्ष दाहालले दलीय एकताका कारण जसरी संविधान आयो त्यसैगरी देशको पुनःनिर्माणका लागि पनि दलीय एकताको खाँचो रहेको बताए । 
अध्यक्ष दाहालले नुवाकोटको खरानीटारमा प्राविधिक शिक्षालय र पुस्तकालय निर्माणमा तत्काल पहल गर्ने बताए ।
 
कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले नेपालका राजनीतिक दलले भारतको निर्देशनमा काम गर्न नमान्दा नाकाबन्दीको कष्ट सहनु परेको बताए । अर्का एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले भूकम्पले भत्काएको नुवाकोट निर्माण गर्न पार्टीले भूमिका खेल्ने बताए ।विसं २०६५ मा स्थापना भएको क्याम्पसको १६ कोठे भवन रु ७० लाखमा निर्माण भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ