arrow

त्रिविवि सभामा नेविसंघको कालोझण्डा, तीन विद्यार्थी नेता सख्त घाइते

१० जना पक्राउ 

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभामा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाएको छ । सो क्रममा सुरक्षाकर्मीले नेविसंघका नेता तथा कार्यकर्तामाथि अन्धाधुन्ध डन्डा बर्साएको छ । 

प्रहरीसंगको झडपका क्रममा नेविसंघका तीन जना विद्यार्थी सख्त घाइते भएको त्रिविवि नेविसंघ समिति अध्यक्ष हरि आचार्यले हाम्राकुरालाई बताए । 

सख्त घाइते हुनेमा नेविसंघ समिति सचिव योगेन्द्र रावल तथा दुई विद्यार्थी नेताहरु रोहित काफ्ले र श्यामचन्द्र अधिकारी रहेका छन् । उनीहरु तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समिति अध्यक्ष अधिकारीसहित १० जना हुन् । सबैलाई कीर्तिपुर चौकीमा राखिएको छ । 

अधिकारीले भने, ‘हामीले कालोझण्डा देखाउँदा हामीमाथि कुटपिट भयो, प्रहरीले अन्धाधुन्ध डन्डा बर्षायो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ