arrow

अध्यक्ष नैनसिंह महर नै भनेका छौं, तर हामीले ताेकेकाे मितिमा अधिवेशन गर्न अाउनुपर्छ- काफ्ले

नेबिसंघ महामन्त्री काफ्लेको अन्तर्वार्ता

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
kundan.JPG

काठमाडौं। नेपाल विद्यार्थी संघभित्र विवाद उत्पन्न भएपछि महाधिवेशन अन्याेलमा परेकाे छ। महाधिवेशनका लागि दुई वटा मिति घोषणा भएपछि विवाद झन सतहमा अाएको हाे। संस्थापन र संस्थापन इत्तर पक्षले बेग्लाबेग्लै मिति घोषणा गरे । यही साउनमा नेविसंघको महाधिवेशन हुँदैछ, तर दुईवटा मिति घोषणा भएकाले अन्योल देखिएको छ । वर्तमान अध्यक्ष नैनसिंह महरले एउटा मिति घोषणा गरेका छन् भने महरइत्तर पक्षले अर्को मिति घोषणा गरेको छ । यो विवादको विषयमा महामन्त्री कुन्दनराज काफ्लेसँग हामीले स‌ंक्षिप्त कुरा गरेका छाैँ । 

० नेविसंघभित्रको विवादको जड के हो ?
– नेपाल विद्यार्थी संघका अध्यक्षले विधान नमान्ने, विधानविपरित काम गर्ने, अध्यक्ष हुकुमीशैलीले अगाडि बढेका छन् । अध्यक्ष नैनसिंह महरले आफूलाई विधानभन्दा माथि राख्नुभयो । हामीले विधानभन्दा मुनी रहेर काम गर्नुपर्छ भनेका हौं ।

० विधानविपरित उहाँले के गर्नुभयो ?
– आमन्त्रित सदस्य विधानमै छैन, उहाँले बनाउन थाल्नुभयो। पार्टीको ११औं महाधिवेशनमा निर्देशक समिति बनेको थियो । त्यो निर्देशक समितिले किटेरै ३ महिनाभित्र ११ जिल्लामा र ६ महिनाभित्र अरु १४ जिल्लामा अधिवेशन गर्नु भनेको थियो । प्रदेश र स्थानीय तहबाट हाम्रो विधानले प्रष्ट बोल्दैन, त्यसैले विधान सम्मेलन गरौं भनेका थियौं । उहाँ विधान सम्मेलन गर्न पनि मान्नुहुन्न । अध्यक्षले नेविसंघ पकेट र एक दुई जनाबाट चलाउन थाल्नुभयो । उहाँले विभिन्न जिल्ला र विदेशस्थित संगठनहरुमा चिठी लेखेर दिनुभयो । विधानभन्दा बढी केन्द्रीय सदस्य थप्नुभयो । विधानअनुसार अध्यक्षले भन्दा ५१ प्रतिशत बहुमतले गरेको गरेको काम वैधानिक हुन्छ । विधान अगाडि अध्यक्ष किचकिच गरिराख्नु हुन्छ ।

० विवादसँगै महाधिवेशन घोषणा गर्नुभयो होइन ?
– निर्वाचित कमिटीको दुईतिहाई बहुमतले निर्णय गरेर हामीले महाधिवेशनको मिति घोषणा गरेका हौं ।

० महाधिवेशनका लागि दुईवटा मिति घोषणा भएको छ । यो विवादमा बीचको बाटो छैन ?
– नेपाल विद्यार्थी संघको आफ्नै विधान, आदर्श छ । हामी विधानतः अघि बढेका छौं । हामीले नैनसिंह महरालाई नेपाल विद्यार्थी संघको सभापति होइन भनेका छैनौं, उहाँले गरेका गलत कामको मात्र विरोध गरेका हौं । उहाँ नै हामीले घोषणा गरेको मितिमा अधिवेशन गराउन आउनुपर्छ । हामीले उहाँलाई अध्यक्ष भनेकै छाैँ । 

० विवाद मिलाउन पार्टी सभापति नै लाग्नुभएको सुनिन्छ नि ?
– पार्टीले नेविसंघको बारेमा चासो राख्नु स्वाभाविक हो । नेविसंघको बारेमा अन्तरक्रिया गर्नु, शीर्ष नेताहरुबीच सल्लाह हुनु नियमित प्रकृया हो । पार्टीका शीर्ष नेताहरुले पनि विधान बाहिर गएर निर्णय गर्नु हुन्न भन्ने मलाई विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ