arrow

मन्त्री तामाङ र दुर्गा प्रसाइलाई कानुन अनुसार कार्वाही गर्न माग 

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
Picture_002.jpg

काठमाडौं । कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो पदिय मर्यादा र गरिमा विपरित बङ्गलादेशमा चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीको अस्मितामाथि प्रहार गर्दै दिएको अभिव्यक्ति अत्यन्तै घृणित, निन्दनिय र आपतिजनक भएको ठहर गर्दै अभिव्यक्तिको राप्रपा प्रजातान्त्रिकले घोर भत्र्सना गरेको छ । 

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा प्रजातान्त्रिकले ‘मन्त्री जस्तो सम्मानित पदमा बसेको व्यक्तिको यस्तो तुच्छ अभिव्यक्तिले सारा नेपाली अपमानित भएका छन्’ भनेको छ ।

‘यस्तै देश र जनताको भावनालाई चोट पु¥याई अपशब्द बोल्ने झापाका व्यापारी दुर्गा प्रसाइलाई पनि कानून बमोजिम कारवाही गर्न राप्रपा प्रजातान्त्रिक सरकारसंग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा, ‘यी दुवै अभिव्यक्तिबाट आम नेपाली दुःखित बनेका छन् ।’ भनिएको छ । राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैर जिम्मेवार, अमर्यादित, अशोभनिय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजिनामा दिई नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढांकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ भनिएको छ । 

राप्रपा प्रजातान्त्रिकले ‘गरिमामय पदमा बसेर नेपाली दिदीबहिनीको अस्मितामाथि आपत्तिजनक र अमर्यादित अभिव्यक्ति दिने मन्त्री तामाङलाई कारवाही होस् भनि राप्रपा प्रजातान्त्रिक सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउँंदछ भनिएको छ । 

राप्रपा प्रजातान्त्रिकले ‘प्रजातन्त्र र लोकतन्त्रमा सबैको मान, सम्मान र प्रतिष्ठा कायम रहनु पर्दछ । प्रत्येक नेपालीको मान, सम्मान र प्रतिष्ठामा आंच पुग्ने गतिविधि र अभिव्यक्तिको राप्रपा (प्रजातान्त्रिक) विरोध गर्दछ भनेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ