arrow

सामसुङको ग्यालेक्सी नोट ९ को विवरणहरु बाहिरियो, के के छन् विशेषताहरु

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
Samsung-Galaxy-Note-9.jpg

काठमाडौं । सामसुङ कम्पनीले विश्व बजारमा ल्याउन लागेको ग्यालेक्सी नोट ९ का केही विवरणहरु बाहिरिएका छन् । केही दिनअघि कम्पनीको यो स्मार्टफोनको विषयमा केही विवरणहरु सार्वजनिक भएकोमा थप केही विवरणहरु बाहिरिएको हो । 

अहिले बाहिरिएको विवरणहरुमा भने यो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर तथा ब्याक ड्युल क्यामेराको प्रयोग गरिएको छ । सेन्सरको साइज भने फोनको तुलनामा निकै सानो रहेको छ । यो स्मार्टफोनमा कुनै किनारा राखिएको छैन ।

यो उत्पादन निलो, खैरो, कालोलगायतका रङहरुमा उपलब्ध रहने बताइएको छ । सामसुङ कम्पनीले आगामी अगष्ट ९ मा आफ्नो यो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । 

यो स्मार्टफोनमा ६.४ इन्चको एमोएलईडी स्क्रिन हुनसक्ने बताइएको छ । साथै यसमा एक्सीनोस ९८२० एसओसी प्रोसेसरको प्रयोग हुनसक्ने बताइएको छ । साथै ८ जीबीको र्‍याम तथा ५१२ जीबीको इन्टर्नल मेमोरी प्रयोग हुनसक्ने बताइएको छ । यो स्मार्टफोनमा ड्युल सेटअप क्यामेरा हुनसक्ने बताइएको छ । 

विवरणमा बताइएअनुसार युरोपमा २० प्रतिशतको करसहित ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल मेमोरी भएको सामसुङ नोट ९ को मूल्य ९९० युरो रहनसक्छ भने अमेरिकामा यसको मूल्य ९६० डलरको हाराहारीमा रहने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ