arrow

पोर्चुगलबाटै निधिले भने - 'केसीका माग तत्काल सम्बोधन गर'

logo
भरत प्रधान,
प्रकाशित २०७५ साउन ७ सोमबार
nidhis.JPG

लिस्बन । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले आमरण अनशनरत प्रा. डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।  

नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशनलाई लिस्बनमा सम्बोधन गर्दै उपसभापति निधीले के.सी.का माग सम्बोधन गरेर उनको जीबन रक्षा गर्न सकारसंग आग्रह गरे ।

चिकीत्सा शिक्षा अध्यादेश मार्फत् देउवा नेतृत्वको सरकारले टुङ्गो लगाईसकेको बिषयलाई सरकारले तोडमोड गरेर केसीलाई अनसन बस्न बाध्य तुल्याएको उनको भनाई थियो ।

उपसभापति निधीले देउवा नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै हुबहु विधेयक ल्याउनुपर्ने जिकीर गरे ।

जनताका दैनिक जीबनसंग सरोकार राख्ने बिषयमा सरकार गम्भीर नभएकोप्रति चिन्ता ब्यक्त गर्दै नेता निधीले केसीका मागलाई बेवास्ता गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए। सरकारको अधिनायकबादी प्रबृत्तीको  बिरूद्व कांग्रेसले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु किरणराज पौडेल, बालकृष्ण पाण्डे, आनन्द बिष्ट, जनजाति नेता नगेन्द्र कुमार कुमाल, नेबिसंघका पूर्व उपाध्यक्ष नवराज गुरुङ, नेपाली कांग्रेस ट्रेड युनियनका पूर्व सभापति खिलानाथ दाहाल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ