arrow

ओलीको सम्वृद्धि सपना र कार्वन व्यापार (कुराकानीसहित)

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
raju_laudari.gif

काठमाडाैं । सरकार अहिले सम्वृद्धिको कुरा खुब गरिरहेको छ । विशेष गरेर पानी जहाज, रेलकै चर्चा बढी छ । यसलाई धेरैले सकारात्मक भनेका छन् । केहीले अालाेचना पनि गरिरहेका छन् । यस्तै, जलविद्युतको कुरा पनि निकै सुनिएको छ । तर, नेपालले वैकल्पिक प्रर्वद्धन र वातावरणमा खासै रुचि देखाएको छैन । पूर्वाधार निर्माणलाई बढी प्राथमिकता दिएको सरकार वातावरणको कुरा गर्ने वित्तिकै विकास विरोधी भनिहाल्छ ।

चाहे दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस् चाहे जलाशययुक्त जलविद्युत परियोजना अथवा सिंचाई परियोजना । यत्तिधेरै वन फँडानी हुने भनिएको छ, कि वातावरण संरक्षणकर्ताहरु चक्कर खान्छन् । जानकारहरु अहिले निकै चिन्तित छन्, भविष्यमा वातावरण के हुन्छ ?'

उनीहरुले ठूलो जलाशययुक्त आयोजनाको आवश्यकता छैन समेत भनेका छन्, जो विदेशी कम्पनीहरुलाई दिएर बनाउन खोजिँदै छ । यतिसम्म कि उनीहरु सरकारले आफ्नै लगानीमा स–साना आयोजना बनाउनु नै वुद्धिमानी हुन्छ । डा. आनन्द बहादुर थापाको कुरालाई मान्ने हो भने जलविद्युतको बजार भोलि अहिलेको तुलनामा निकै कम हुन्छ । अहिले धेरै लागतमा बनाएका परियोजना भोलि टिकाउनै मुस्किल हुनसक्छ । कारण अहिले उर्जाका वैकल्पिक उपायहरु खोजिएका छन् ।

उनले भनेका छन्, ‘भारतकै कुरा गर्ने हो भने, जलविद्युत भन्दा डिजेल प्लान्टको विजुली सस्तो परिरहेको छ ।’ सरकारले विजुली बेचेरै नेपाललाई सम्वृद्ध बनाउन सकिन्छ भन्ने सपना बाँड्न छोडेको छैन । तर, वैकल्पिक उर्जा प्रवद्र्धन र वातावरण सरकारले राष्ट्रिय मुद्दा बनाउन सकेको छैन । जसको अन्तर्राष्ट्रिय महत्व छ । नेपालले कार्वन व्यापार गर्छ । तर, बायो ग्यास र लुघु जलविद्युत मात्रै थोरथोरै आम्दानी गरिरहेका छन् । नेपालको यत्रो वन क्षेत्र कार्वन व्यापारमा सामेल गर्न सकिरहेको छैन सरकार । वनलाई पनि कार्वन व्यापारमा जोड्ने भनेर रेड कार्यान्वयन कार्यक्रम सञ्चालनमा छ, तर त्यसको काम कारबाही र परिचालनमा ध्यान दिईरहेको छैन, सरकार । हामीले कार्वन व्यापारमा नेपालको उपस्थिति र अवस्थाबारे वातावरणविद् राजु लौडारीसँग कुरा गरेका छौँ ।  

० सामान्य नागरिकले बुझ्ने भाषामा भन्दा, कार्वन व्यापार के हो ? 
–कार्वन व्यापार देखिने व्यापार होईन । यो नदेखिने प्रकारको व्यापार हो । यसले के भन्छ भने,–जब संसारमा पोलुसन बढ्यो, विस्तारै वजन तहमा प्रभाव देखिन थाल्यो, विश्वका सबै समुदायले समग्र वातावरणमा नकारात्मक प्रभाव परेको छ । र, जलवायु परिवर्तनको असर देखिन थाल्यो, यसका उपाय अपनाउनुपर्छ भनेर ८० को दशकमा छलफल सुरु भएपछि समग्र वातावरणलाई सन्तुलनमा ल्याउनको लागि अर्थात् जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्नको लागि एएनएफसीसीसी हस्ताक्षर गर्ने काम भयो । यसले समग्र रुपमा के भनेको छ भने हाम्रो वायुमण्डलमा रहेको हरित गृहग्याँसको मात्रालाई बढ्न नदिने । बढ्न नदिनेबारे छलफल भईसकेपछि बढ्न नदिन निश्चित लक्ष्य राखौँ भन्ने कुरा भयो । लक्ष्य कसरी राखियो भने–जसको कारणले पोलुसन भईरहेको छ, औद्योगिक विकासको कारणले गर्दा त्यसलाई माथि बढ्न नदिने अर्थात घटाउने प्रयास गर्ने भनिसकेपछि घटाउनको लागि एउटा निश्चित अंक राख्नु पर्ने भयो । यो पछि क्योटो प्रोटोकल आयो ।

क्योटो प्राटोकलमा के भनियो भने, एएनएफसीसीसीको एक मात्र उद्देश्य परिपूर्ति गर्नको लागि सन् १९९० को समयमा पोलुसनको जुन लेभल थियो । त्यसलाई सन् २००८ देखि सन् २०१२ सम्मको अवधिमा १९९० कै लेभलमा ल्याउने भनेर एउटा सम्झौता भयो । त्यसले के भन्यो भने, सन् २००८ देखि २०१२ सम्मको अवधिमा जुन १९९० को हरितगृह ग्यासको मात्रा थियो त्यसलाई करिब पाँच प्रतिशतले घटाउने । त्यो सम्झौतापछि क्योटो प्रोटोकलमा आयो । क्योटो प्रोटोकललाई जुन न्यूनतम देशहरुले हस्ताक्षर गर्नु पर्ने थियो त्यो गरिसकेपछि २००५ देखि यो कार्यान्वयनमा आयो । कार्यान्वयनमा आएपछि ५ प्रतिशतले घटाउने त भनियो चार वर्षको अवधिमा तर, घटाउनलाई के–के उपाय हुनसक्छन् भन्ने विधिहरु क्योटो प्रोटोकलमा राख्दा, एउटा तरिका के भनियो भने क्लीन डेभलपमेन्ट मेकानिजम(जो हामीसँग सम्बन्धित छ) ।

अर्को कार्वन व्यापार । र, अर्को ज्वाइन्ट इप्लिमेन्टेशन । यो तीन वटा मेकानिजम ल्याईयो । यो तीन वटा मध्ये कार्वन ट्रेडिङले के भन्छ भने, हामी जस्तो देशहरु जो चैँ जलवायु परिवर्तनमा प्रभाव पार्नको लागि कुनै हाम्रो रोल छैन । यस्ता देशहरुले पनि हरितगृह ग्यास उत्र्सजनलाई कम गर्न सक्छन् । निश्चित प्रक्रिया पूरा गरिसकेपछि, त्यो गरेवापत उनीहरुले आर्थिक लाभ गर्छन् । यो मेकानिजम क्लीन डेभलपमेन्ट मेकानिजम हो । तर, कार्वन व्यापार भनेको यो मात्रै होईन । यसमा अर्को ज्वाइन्ट इप्लिमेन्टेशन र ईनिशन ट्रेडिङ भन्ने छ, विकसित देशहरुले पनि घटाउने प्रयास गरेका हुन्छन् । त्यसलाई पनि मेकानिजममा लगेर कार्वन व्यापार गर्न सकिने प्रावधान छ । यो तीन वटै मेकानिजमलाई कार्वन ट्रेडिङ भनिन्छ ।

० नेपालले पनि कार्वन व्यापार गर्छ हैन ?
–नेपालले पनि गरिराखेको छ । तर, त्यो सानो मात्रामा । 

० कार्वन व्यापारको आधार के हो ?
–के रहेछ भने, अहिलेको अवस्थामा हरितगृह ग्यास कति उत्र्सजन भएको छ ? यो प्राविधिक भाषामा भएकाले म सानो रुपमा भन्छु । हामीले धेरै दाउरा बालेर खाना पकाउँदा खेरिको अवस्थामा दाउरा बाल्दा निस्कने पोलुसन छ नि, त्यसको साटो यदि गोबर ग्यास राख्यौँ भने त्यसले दाउराको प्रयोगलाई पूरै रुपमा घटाउँछ । त्यो जति दाउरा उपयोग घट्छ । त्यो घटेको कुरालाई, गणना गर्ने विधि छ । गणना गरिसकेपछि एउटा घरले दाउरा प्रयोग गर्नुको सट्टा गोबर ग्यास प्रयोग गरे दुईटा फाइदा भयो । एउटा घरभित्रको पोलुसन हट्यो र स्वास्थ्यमा राम्रो प्रभाव प¥यो । गोबर ग्यासका लागि एक पटक लगानी गरियो भने, सँधैभरी दाउरा संकलन गर्न जानु परेन । समय बचत भयो । अर्को नवीकरणीय उर्जा प्रर्वद्धनका लागि नेपाल सरकार र विश्वले पनि अनुदान दिएको अवस्था छ । फाइदा त भयो नै । अनि, समग्र विश्वले कसरी फाइदा पायो भने, हरितगृह ग्याँस उत्र्सजन घटेर गयो । बायो ग्यास राख्ने एउटा कार्यक्रम जुन छ, धेरै बायो ग्यासलाई एउटै ठाउँमा राखेर कार्वन व्यापारका लागि क्लीन डेपलभमेन्ट मेकानिजममार्फत एउटा परियोजना बनाउन सकिन्छ ।

त्यो परियोजना बनेपछि प्रत्येक घरले कति दाउरा खपत गर्दथ्यो, बायो ग्यास राखेपछि अब खपत गर्दैनन् भनेपछि, वर्ष भरीको गणना गर्न सकिन्छ । वर्षभरीमा मानौ १० हजार वायो ग्यास राख्दा यति मात्रामा हरितगृह ग्यास उत्र्सजन न्यून हुँदो रहेछ, त्यो वापत कार्वन व्यापारमा गएर जजसले लक्ष्य पूर्ति गर्नु पर्ने थियो । जो मैले अघि भने ५ प्रतिशत क्योटो प्रोटोकलको लक्ष्य, त्यसमा सबै देशको एउटै लक्ष्य छैन । जुन देशले वढी उत्र्सजन गरे उसको लक्ष्य बढी र जसले कम उत्र्ससन गरे त्यसको लक्ष्य कम थियो । यो एउटा प्रणाली छ । यो नदेखिने वस्तु खरिद प्रक्रिया हो । र, नेपालमा मुख्य गोबर ग्याँसको छ । लघु जलविद्युत आयोजनाको पनि सुरुवात भएको छ । सुधारिएको चुल्होको पनि सुरुवात भएको छ । मूख्य गरेर नेपालमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले क्लीन डेभलपमेन्ट मेकानिजम अन्तर्गत परियोजना दर्ता गरे लाभ लिईरहेको अवस्था छ । जस्तै डब्लुडब्लुएफ जस्ता संस्थाले भोलेन्ट्री माध्यमबाट यसमा लाभ लिईरहेको अवस्था छ । 

० गणना कसरी गरिन्छ ? 
–मैले अघि नै भने, गणनाको एउटा फर्मुला छ, अब त्यो कसरी भन्न वा बुझाउन सकिएला । अघिकै कुरा गर्दा दाउराको खपत छोडेर गोबर ग्यास बाल्दा एउटा घरले एक वर्षमा करिब करिब ३ हजार किलो (३ टन) दाउरा खपत कम गर्दो रहेछ । त्यो तीन हजार किलो दाउरा खपत कम गर्दा कति हरितगृह ग्यास उत्र्सजन कम हुन्छ ? भन्ने गणना गर्न युएनले एउटा सरल शुत्र दिएको छ । क्याल्कुलेशनका लामा विधि छन् । तर, फर्मुला छोटो छ । सबै विधि र प्रक्रिया पूरा गरेर शुत्रमा राखिसकेपछि अटोमेटिक आउँछ । सरल उत्तर के हो भने, एउटा गोबर ग्यासले करिब करिब एक वर्षमा ३ टन बराबर कार्बन्डाईअक्साइड उत्पादनको मात्रा कम गर्छ । त्यो वापत वैकल्पिक उर्जा प्रवर्दन केन्द्रले कार्वन व्यापार गर्दा बायो ग्यासको करिब ८ डलर एक टनको दरले विक्रि गरेको थियो । एउटा गोबर ग्यासले करिब ३ टन उत्र्सजन कम गर्छ भने करिब–करिब २ हजार रुपैँया कमाउन सक्दो रहेछ । त्यही कारण सरकारले गोबर ग्यास राख्न अनुदान दिन थालेको हो । 

० कार्वन व्यापार गर्दा टनमा गणना गरिने हो ? 
–हो टनमा गणना गरिन्छ । तर, एउटा मूल कुरा के हो भने, मैले बायो ग्यास राखे मैले कार्वन व्यापारमा आजै जान सक्छु र आजै फाइदा लिन सक्छुु भन्ने चैँ होईन । यसको लागि यति लामो प्रक्रिया छ कि सामान्यतः परियोजना विकास गरेर, त्यसलाई युएनको सिस्टममा दर्ता गर्नुपर्छ । फेरि अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाले चेक गर्छ । उसले ठिक छ भनेपछि प्रक्रिया पूरा भएपछि मात्रै पाउने हो । राख्दैमा पाईँदैन । त्यो प्रक्रिया पूरा गरेर युएनमा दर्ता भयो भने बल्ल कार्वन व्यापारमा जान सक्यो । अर्को चुतौती कार्वन किनिदिने पनि पाउनु पर्छ । कार्वनको व्यापार सन् २०१२ सम्म जति राम्रो थियो, अहिले त्यसको बजार एकदमै घटेर गएको छ । 

० त्यसको कारण ?
–२००८ देखि २०१२ को समयमा क्योटो प्रोटोकलको लक्ष्य भेट्टाउन एकदमै काम भयो । अहिले त्यस्तो काम हुन सकेन । जस्तो जलवायु परिवर्तनको कुरा कसरी क्योटो प्रोटोकलको लक्ष्यमा राख्ने भन्ने कुराको अंक निर्धारण गर्न सकिएको छैन । बजार जहिले पनि माग र आपूर्तिले डिटरमाइन् गर्ने हो । कार्वनको मूल्य अहिले असाध्यै न्यून छ । किन्ने मुलुक वा संस्था पाउन पनि मुस्किल छ । 

० नेपालले अहिले बेचिरहेको कति हो ? कति पैसा कमाउँछ, नेपालले ? 
– ठ्याक्कै अंकमा भन्न त गाह्रो हुन्छ । तर, हामीले औषतमा गोबर ग्यास र लघु जलविद्युतबाट करिब वार्षिक वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले केही पैसा आर्जन गरेको छ । डब्लुडब्लुएफले पनि केही आय आर्जन गरेको छ । ठ्याक्कै अंक थाहा छैन । अर्को कुरा के हो भने, कार्वन कतिमा विक्रि गरेको भन्ने कुरा अरुलाई थाहा नहुन पनि सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ