arrow

सोनीले बनायो ४८ मेगापिक्सलको क्यामेरा सेन्सर, २०१९ भित्र स्मार्टफोनहरुमा आउने 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
sony.jpg

काठमाडौं । जापानी प्रविधि कम्पनी सोनीले ४८ मेगापिक्सलको एचडी क्यामेरा सेन्सर निर्माण गरेको छ । स्मार्टफोनहरुका लागि लक्षित गरी कम्पनीले यो सेन्सर निर्माण गरेको हो । 

पछिल्लो समय स्मार्टफोनहरुमा क्यामेराको महत्वपूर्ण बन्दै गएको अवस्थामा सोनीले यस्तो सेन्सर बनाएको हो । यो सेन्सर स्मार्टफोनका लागि अहिलेसम्मकै सबैभन्दा धेरै रेजुलोसन भएको क्यामेरा सेन्सर रहेको बताइएको छ । सोनीले ल्याएको क्यामेरा सेन्सरमा ८०००×६००० पिक्सेलको रेजुलेसन रहने बताइएको छ । साथै उसले एचडी क्वालिटीको फोटो खिच्नसक्ने बताइएको छ । 

सोनीले अहिले ल्याएको सेन्सरले कलर फिल्टर एरेको प्रयोग गरेको छ , जसको माध्यमबाट निकै संवेदनशील सामग्रीहरु पनि क्यामेरामा कैद गर्न सकिने बताइएको छ । प्रकाश मधुरो रहेको अवस्थाको लागि यो सेन्सर निकै महत्वपूर्ण हुने बताइएको छ ।

निकै मधुरो प्रकाश रहेको अवस्थामा यसले १२ मेगापिक्सलसम्मको फोटो खिच्नसक्ने र ब्राइटनेस बढी तथा कम नोइज भएको फोटो निकाल्नसक्ने बताइएको छ । यस किसिमको क्यामेरा हुवावेको पी२० मा पनि प्रयोग गरिएको छ तर त्यसले केवल १० मेगापिक्सलको मात्र फोटो खिच्नसक्छ। 

मेगापिक्सलको हिसाबमा सोनीको नयाँ सेन्सर हुवावेको ४० मेगापिक्सलको पी२० र नोकियाको ४१ मेगापिक्सलको लुमिना १०२० भन्दा पनि अब्बल क्यामेरा सेन्सर हो । 

 कम्पनीले आफ्नो वेबसाइटमार्फत् दिएको जानकारीअनुसार आगामी सेप्टेम्बरसम्ममा आफ्नो उक्त क्यामेरा सेन्सर अन्य कम्पनीहरुलाई आपूर्ति गर्ने बताएको छ । कम्पनीको विवरणले सन् २०१९ भित्रमा सोनीको यो क्यामेरा सेन्सर स्मार्टफोनमा आउनसक्ने देखिएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ