arrow

जरिवानाको बाबजुद अल्फाबेटको व्यापार बलियो

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
alphebet-google.jpg

काठमाडौं। युरोपियन युनियन (ईयू) ले चार अर्ब ३४ करोड युरोको जरिवाना लगाए पनि अल्फाबेटको व्यापार बलियो अवस्थामा रहेको विवरण सार्वजनिक भएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणले जरिवानाको असर बजारमा त्यस्तो धेरै नपरेको देखिएको हो।

अल्फाबेटले सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा आफ्नो राजस्व ३२ अर्ब ७० करोड अमेरिकी डलरमा रहेको विवरण सार्वजनिक गरेको हो यो नतिजा वार्षिक हिसाबमा २६ प्रतिशतले वृद्धिको नतिजा हो। यद्यपि ईयूले लगाएको चार अर्ब ३४ करोड युरोको जरिवानाले भने कम्पनीको नाफा केही कमजोर रहेको देखिएको छ।

जरिवानाको कारण अल्फाबेटको नाफा करिब पाँच अर्ब युरोले कमजोर रहेको देखिएको हो। अल्फाबेटले आफ्नो औसत आम्दानीको नतिजा तीन अर्ब २० करोड डलरमा रहेको विवरण सार्वजनिक गरेको हो। जरिवाना नलगाएको खण्डमा भने उसको यो नतिजा आठ अर्ब ३० करोड अमेरिकी डलरमा रहने थियो।

अल्फाबेट कम्पनीले यो निर्णयको विरुद्धमा अपिल गरिरहेको छ। जरिवानाको निर्णयले उसको खर्चमा ३६ प्रतिशतको वृद्धि भएको बताइएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले अहिले यस विषयमा केही बोल्नु छिटो हुने भन्दै आफूले नियामकहरुलाई दीर्घकालीन योजना ल्याएर काम गर्नका लागि सुझाइरहेको बताएका छन्। आगामी दिनमा गुगलले आफ्नो अपिल हारेको खण्डमा भने त्यो कम्पनीका लागि ठुलो नोक्सानी भने नहुने अधिकारीहरुको भनाइ छ। 

अल्फाबेटको विज्ञापनको राजस्वको खर्चमा पनि २३ प्रतिशतबाट झरेर २२ प्रतिशतमा आएको देखिएको हो। अल्फाबेट कम्पनी अहिले आफ्नो व्यापार अन्य क्षेत्रमा विस्तारको योजनामा अघि बढिरहेको छ। विशेषगरी क्लाउड कम्प्युटिङ, युट्युव र स्वचालित कारमा कम्पनीको ध्यान गएको हो। पछिल्लो समय क्लाउड कम्प्युटिङ र युट्युबको व्यापारमा उल्लेख्य सुधार आएको देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ