arrow

बाजुरा काँग्रेसमा देउवा पक्ष हावी; पण्डित भए सभापति

logo
प्रेम रौले।
प्रकाशित २०७२ माघ २९ शुक्रबार
bajura-savapati.jpg.jpeg
बाजुरा। नेपाली काँग्रेस बाजुराको छैटौँ जिल्ला अधिबेसनबाट कबिराज पण्डित सभापति पदमा निर्वाचित भएका छन्। उनले १८० मत ल्याएर प्रतिष्पर्धी रामसिंह रावललाई पराजति गरेका हुन्। उनले १०२ मत ल्याएका छन्। 
 
त्यस्तै सचिवमा दिपक शाह १७३ मत ल्याएर विजयी भए। उनले प्रतिष्पर्धी तिलकराज पुरीलाई हराए। पुरीले १०२ मत ल्याए। कोषाध्यक्ष नारायण पाध्यले १७२
मत ल्याइ १०२ मत ल्याएका शेर बहादुर खातीलाई पराजित गरे। 
 
निर्वाचित अध्यक्ष र सचिव देउवा निकट हुन। कोषाध्यक्षल भने संस्थापन निकट हुन। निर्वाचनमा महिला सदस्य उमा रोकाया, गीतादेवी बोहोरा, सुभद्रा पाण्डे भण्डारी निर्वाचित भए। त्यसैगरि राम बहादुर सुनार, तेन्जिङ थापा भोटे पनि निर्वाचित भएका छन्। 
 
जिल्ला कार्यसमितिको मतगणनापछि महाधिवेशन प्रतिनिधीहरुको मत गणना भइरहेको छ। 
 
दुर्गम क्षेत्रबाट ५ दिनसम्म लगाएर हिडेर आउनुपर्ने भएपछि केन्द्रीय निर्वाचन समितिको स्विकृती लिएर मतदान गराइएको बताइएको छ। यसअघी केन्द्रीय समितिको आकस्मिक वैठकले सभापति शुसिल कोइरालाको शोकको बेलामा फागुन १ सम्म महाधिवेशनको कार्यक्रम नगर्ने निर्णय गरेको थियो। तर दुर्गम क्षेत्रमा आवातजावतमा समस्या भएको भन्दै ति जिल्लाहरुमा छुट दिइएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ