arrow

कांग्रेसले गर्‍यो राष्ट्रियसभामा अवरोध, बैठक स्थगित

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पुर्‍याउन माग गरे।

उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरे।

अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गर्नुभएको हो भन्दै कारण खुलाउन माग गरे।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका छन् । उनले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गरे। तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ