arrow

भरतपुरमा चल्यो गोली, २ प्रहरी र एक अटोरिक्सा चालक घाइते

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
bharatpur-tampo.jpg

काठमाडौँ । भरतपुर महानगरपालिमा गोली चलाएको छ । प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप हुदा प्रहरीले गोली चलाएको हो ।  

झडपका क्रममा २ जना प्रहरी र १ जना अटोरिक्सा चालक  घाइते भएका छन् । प्रहरीले गोली चलाउदा अटोरिक्सा चालक घाइते भएको प्रहरीले जनाएको छ।  उनको खुट्टामा गोली लागेको छ ।  भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रदर्शनकारीबीच झडप भएको हो ।भरतपुर महानगरमा नेकपा अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर छिन् ।

भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा मंगलबारदेखि रोक लगाएको बिरोधमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको हो।

तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।

महानगरले साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो ।

यसअघि तीनपांग्रे सवारी सञ्चालनमा रोकको निर्णयविरुद्ध मजदुर आन्दोलनमा उत्रिएका थिए ।  नेकपा अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' पुत्री भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले  सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ